August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
अबिबाहित मानिस लगाम विनाको झै हुन्छ : प्रतीक इच्छुक शर्मा

अबिबाहित मानिस लगाम विनाको झै हुन्छ : प्रतीक इच्छुक शर्मा

मंसिर १३, सल्यान । अहिले मंसिर महिना चलिरहेको छ । यो महिनालाई नेपाली समाजमा बिबाहको महिना पनि भन्ने गरिन्छ । प्रायः बिहेका धेरै शुभ लगनहरू हुने भएकाले मंसिरमा अधिकांश जोडिहरू बिबाह बन्धनमा बाँधिने गरेका छन ।

मंसिर लाग्यो भने बिबाह गर्न योग्य भएका, उमेर पुगेका युवायुवतीहरू लाई “कहिले बिहे गर्ने ? यो मंसिर यत्तिकै जानू हुदैन है ।” भनेर बिहेका लागि सामाजिक दबाब पनि दिने चलन छ ।

यद्यपि बिबाह बारे खासै खुलेर कुरा नगर्ने र यसलाई लज्जाको बिषय जस्तो ठान्ने गरिन्छ । पछिल्लो समय फोने, ईन्टरनेट तथा सामाजिक संजालको माध्यम को प्रभावले कम उमेरमा बिबाह गर्ने र उमेर पुगेपछि छुट्ने प्रसस्त घटनाहरू देखिने गरेका छ्न भने मायाप्रेम र बिबाह बारे थुप्रै भ्रम पनि रहेको पाइन्छ ।

यसै सन्दर्भमा मंसिर, प्रेम र बिबाहले जिवनमा पार्ने प्रभावबारे नयाँ दृष्टि डटकमले समाजका विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका ब्यक्तित्वहरू सँग कुरा गरेका छौँ । प्रस्तुत छ – नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष तथा रेडियो शारदा एफएम सल्यानका स्टेसन म्यानेजर प्रतीक इच्छुक शर्मासँग गरिएको रमाइलो कुराकानीको सार ।

• प्रतीक इच्छुक शर्मा

मेरो विहे २०६९ साल माघ ८ गते भएको हो । विहे गर्दा २५ वर्षको थिए ।

हामीले विहे, चार वर्ष लामो प्रेम पश्चात अभिभावको अनुमतिमा विहे गरेका हौ । प्रेम गरे पनि हामीले दुवै तर्फका अभिभावको स्विकृती लिएर मात्र विहे भएको हो ।

मेरो जीवन साथि पुजा शिव जन उमाविमा शितलपाटी र म सल्यान वहुमुखी क्याम्पसमा पढ्थे । विद्यार्थीको रुपमा चिनजान भएको थियो । म शारदा एफएममा स्टेशन म्यानेजरको रुपमा पत्रकारितामा क्रियाशिल थिए । प्रेम स म्वन्ध ठ्याक्कै यसरी सुरु भयो भन्ने त छैन तर आपसमा चिनजान स्वभाव शैलि, एक आपसमा भएका संवादवाट भएको चिनजान विस्तारै प्रेम हुदै विहेमा रुपान्तरण भयो ।

कुनै पनि कामलाई सकारात्मक सिकाईको रुपमा लिनु पर्दछ । विहे पश्चात जीवनका वहुआयामिक सिकाईको रुपमा वुझेको छु । विहे ब्यक्तित्व विकास र प्रगती रोक्ने भन्ने हुदैन । हरेक सवाललाई सार्थक संवादवाट अघि वढे जीवनलाई शान्त ,सुन्दर सौम्य वनाएर लैजान सकिन्छ ।

अविवाहित मानिस लगाम बिनाको झैं

विहे विना मानिस लगाम विनाको झै हुन्छ जस्तो लाग्छ । विहेले मानिसलाई समाजीक त पक्कै वनाउछ नी । केटा वा केटी फरक पारिवारिक संस्कार संस्कृति ,परिवेशवाट एक भएका हुन्छन । स्वभाविक रुपमा फरक फरक वुझाई एक भएर अघि वढ्नु समाजीक नै हो । अगाडी वढ्दा आउने चुनौति र अवसरले परिपक्क वनाउदै लिन्छ ।

मेरो विचारमा समाजीक मुल्यमान्यता, कानुनि प्रावधान पालन गरी आफु सवै किसिमले तयार भएर मात्र विहे गर्नु उपयुक्त हुन्छ । विहे कहरले भन्दा रहर र जीम्मेवारी पुरा गर्ने विश्वास साथ गर्नु पर्दछ ।

स्वयं ब्यक्ति, परिवार आदि सवैको चाहानाको मेल हुने गरी विहे गर्दा ढिलो र छिटोले फरक पार्दैन होला । आफ्नो कर्ममा स्वयं आफु र त्यस संग जोडिएको पक्ष सहमत हुनु पर्दछ ।

बिवाह वन्धन सहितको उर्जा हो । जीवनलाई संघर्षले स्पातिलो वनाउछ भने प्रेमले उत्साहि वनाउछ । विवाहमा संघर्ष र प्रेम दुवै हुने भएकाले यसवाट प्राप्त हुने उर्जालाई सकारात्मक रुपमा लिएर सहि ब्यवस्थापन गरेर सुखी र खुसी हुन सकिन्छ ।

र यो पनि पढ्नुहोस:

कस्ता युवतीहरू बढी लच्छिनका हुन्छन् ? यी ९ गुण बाट पहिचान गर्नुहोस

शीर्ष समाचार

धेरै पढिएको