May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
सीईडीबी हाईड्रोपावर कम्पनीको आईपीओ खुल्यो, वैशाख २१ गतेसम्म आवेदन दिन सकिने

सीईडीबी हाईड्रोपावर कम्पनीको आईपीओ खुल्यो, वैशाख २१ गतेसम्म आवेदन दिन सकिने

बैशाख १७, काठमाडौं । सीईडीबी हाईड्रोपावर कम्पनीले आज शुक्रबारबाट आईपीओ सर्वसाधरणकालागि खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गरेको हो । सो मध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।

यस कम्पनीको लगानी रहेको लमजुङमा ४.४० मेगावाटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावाटको स्यागे खोला जलविद्युत् आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको सङ्खुवासभा मकालु गाउँपालिका २ मा ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

कम्पनीले सन् २००९ मा स्थापना सीईडीबी हाइड्रोपावर लिमिटेडको चालू आ।ब। मा प्रतिसेयर आम्दानी १३र५ र प्रति सेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आ.व. २०७५र०७६ मा १०.५४ प्रतिशत र २०७६र०७७ मा ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आ।व। मा पनि लाभांश प्रदान गर्नेसमेत प्रक्षेपण गरेको छ ।

साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

कम्पनीको साधारण सेयरको निष्कासन तथा बिक्रीको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता १०० अंकित दरको २५,१८,२३० कित्ता साधारण सेयर मिति २०७८ वैशाख १७ गतेदेखि निष्कासन हुने हुँदा इच्छुक लगानीकर्ताले मिति २०७८ वैशाख १७ गतेदेखि सि—आश्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट साधारण सेयरमा लगानीका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

उक्त सीईडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ ।

शीर्ष समाचार

धेरै पढिएको