August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
सल्यानको सल्लीबजारमा उद्योग वाणिज्य संघ सल्यान द्वारा मास्क वितरण

सल्यानको सल्लीबजारमा उद्योग वाणिज्य संघ सल्यान द्वारा मास्क वितरण

दुर्गा विसि / बैशाख ११, सल्यान । सल्यानकाे सल्लीबजारमा उद्योग वाणिज्य संघ सल्यानले मास्क वितरण गरेको छ ।

काेराेनाकाे दोस्रो लहर चलिरहेको अवस्थामा संघले जिल्लाव्यापि कार्यक्रम अनुसार शनिबार सल्लीबजारमा करिव एक हजार वढि मास्क वितरण गरेको हो ।

सल्लिवजारमा संघ तर्फ बाट शनिबार सदस्यहरू भिम वली, जयकृष्ण शर्मा, व्यवसायी शिव वली र ईलाका प्रहरी कार्यलय सल्लीबजारकाे टोलीले बजार परिक्रमा गरि मास्क वितरण गरेको हो । साथै अनिवार्य मास्क लगाउन, समाजिक दूरी कायम गर्न, भिडभाड नगर्न र सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।

काेराेनाबाट बच्न र वचाउन जनचेतनामूलक सन्देश वाेकेका प्लेकार्ड सहित संघको अगुवाइमा मास्क वितरण गरिएको हो ।अत्यन्तै सावधानी अपनाउन विशेष जोड दिएका थिए ।

विना कामकाज भिडभाडलाई नगर्न समेत यहाँका व्यापारीलाई विशेष आग्रह गरिएको छ। जिल्लाव्यापि कार्यक्रम अनुसार संघले सल्लीबजारमा कार्यक्रम गरेको जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको