July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
अभिकर्ताहरूलाई युनियन लाइफ इन्स्योरेन्सको अफर : बिमा गराउदा रारा घुम्ने मौका

अभिकर्ताहरूलाई युनियन लाइफ इन्स्योरेन्सको अफर : बिमा गराउदा रारा घुम्ने मौका

नयाँ दृष्टि डेस्क / बैशाख १०, सल्यान । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूको लागी रारा घुम्ने मौका सहितको नयाँ अफर प्रदान गरेको छ ।

कम्पनीले बैशाख १५ गते भित्र १५ लाख बराबरको जीवन आधार बिमा वा १ लाख ३० हजार बराबर पृमियम बराबरको बिमा गराउन सक्ने अभिकर्तालाई रारा घुमाउने अफर ल्याएको पनि कम्पनीले बताएको छ ।

कम्पनीको सल्यान शाखाले श्रीनगरमा आयोजना गरेको अभिकर्ता अभिमुखिकरण तालीमका क्रममा उक्त अफर बारे अभिकर्ता जानकारी गराइएको हो ।

शुक्रबार कम्पनीको सल्यान शाखाको आयोजनामा श्रीनगर स्थित आफ्नै कार्यालयमा तालिम सम्पन्न भएको हो ।

कम्पनीका सल्यान शाखा प्रमुख रमेशकुमार वलीको अध्यक्षतामा भएको तालिममा सहभागीलाई कम्पनीका प्रदेश प्रमुख नारायण पङ्गेनी र प्रदेश उप प्रमुख गाेबिन्द रेग्मीले युनियन लाइफका विभिन्न पोलिसी, बिमा गर्दा गराउदा हुने फाइदा र ध्यान दिनुपर्ने कुराका बारेमा सहभागीलाई उत्प्रेरित गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको