May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
सल्यान उ.बा.संघ निर्वाचन अपडेट : उद्योग उपाध्यक्ष र महासचिव बाहेक सबै पदमा संयुक्त प्यानलको अग्रता

सल्यान उ.बा.संघ निर्वाचन अपडेट : उद्योग उपाध्यक्ष र महासचिव बाहेक सबै पदमा संयुक्त प्यानलको अग्रता

चैत ०१, सल्यान । सल्यान उद्याेग वाणिज्य संघकाे नयाँ कार्य समिति चयनको लागी भएको निर्वाचनमा आइतबार बिहान ८ः ३८ बजे सार्वजनिक भएको मत परिणाम अनुसार महासंघको उद्योग उपाध्यक्ष र महासचिव बाहेक सबै पदमा संयुक्त प्यानलका उम्मेदवारहरूले अग्रता कायम गरेका छन ।

६ सय मतगणना गर्दा अध्यक्ष पदमा संयुक्त प्यानलका कुमार बुढाथाेकी ३९ मतले अग्रता लिएका छन । कुमार बुढाथाेकीले ३ सय ११ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन । उनका प्रतिद्वन्दी प्रगतिशील प्यानलका राजेन्द्र कुमार थापाले २ सय ७२ मत सहित प्रतिस्पर्धा गरिरहेका छन ।

 

 

 

त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा संयुक्त प्यानलका बिरेन्द्र कुमार श्रेष्ठले ३ सय १७ र प्रगतिशील प्यानलका हरिलाल डिसीले २ सय ५८ मत हाँसिल गरेका छन् । बाणिज्य उपाध्यक्ष तर्फ संयुक्त प्यानलका भरत कुमार बस्नेतकाे ३ सय २९ मत सहित अग्रता कायम गरेका छन भने उनको प्रतिद्वन्द्वी प्रगतिशील प्यानलका बिरेन्द्र प्रकाश भण्डारीकाे २ सय ८२ मत प्राप्त गरेका छन ।

त्यस्तै उद्याेग उपाध्यक्षमा प्रेम पुनकाे २ सय ७९ र शंकर यरीकाे २ सय ८२ मत रहेको छ । पुन संयुक्त र यरी प्रगतिशील प्यानलका हुन । उद्योग उपाध्यक्ष पदमा प्रगतिशील प्यानलका उम्मेदवार थोरै मतले अघि छन ।

 

 

त्यसैगरी महासचिवमा संयुक्त प्यानलका रुपक बुढाकाे २ सय ७२ मत प्राप्त गरेका छन भने प्रगतिशील प्यानलका मोहन सारुकाे २ सय ९९ रहेकाे छ । महासचिव पदमा संयुक्त प्यानलका उम्मेदवार पछि परेका छन । त्यस्तै सचिवमा प्रगतिशीलका विकाश डिसीकाे २ सय ६७ मत प्राप्त गर्दा संयुक्तका सुरेश कुमार केसीकाे २ सय ९८ मत रहेकाे छ । त्यस्तै काेषाध्यक्षमा प्रगतिशीलका अशोक कुमार बोहराकाे २ सय ७७ मत हुदा संयुक्तका सुरेन्द्र बुढाकाे २ सय ८७ मत देखिएकाे छ । संघको हिजो भएको निर्वाचनमा २ हजार ३ मत खसेकाे थियाे ।

हेर्नुहोस नतिजा :

 

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको