November 26, 2020, Thursday
२०७७ मंसिर १२, शुक्रबार
सुनको मूल्य एकैपटक यतिधेरै घट्यो, आज तोलाको कति ?

सुनको मूल्य एकैपटक यतिधेरै घट्यो, आज तोलाको कति ?

कार्तिक २५, काठमाण्डौ । मंगलबार नेपालमा सुन र चाँदीको मूल्यमा ठुलो मात्रामा गिरावट आएको छ ।

सोमबार छापावाल सुन प्रति तोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार घटेर प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

महासंघका अनुसार सुन तोलामा अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ४०० रुपैयाँले घटेको हो । यस्तै आज तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको बताईएको छ ।

यसैबीच नेपाली बजारमा चाँदीको मुल्यमा पनि प्रति तोला ७० रुपैयाको दरले गिरावट आएकोछ । सोमबार चाँदीको मूल्य १२८५ रुपैयाँ रहेको थियो भने मंगलबार प्रति तोला १२१५ रुपैयाँमा कारोबार भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको