June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
यो बर्ष त्रिवेणी गाउँपालिकाले ल्याएको बजेट बिगतमा जस्तै बितरणमुखी छ: लोकेन्द्र सिं खड्का

यो बर्ष त्रिवेणी गाउँपालिकाले ल्याएको बजेट बिगतमा जस्तै बितरणमुखी छ: लोकेन्द्र सिं खड्का

साउन १२, सल्यान । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष्य एवं गत स्थानिय तहको निर्वाचनमा त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष्य पदका प्रत्यासी  उम्मेद्वार  लोकेन्द्र सिं खड्काले चालु आर्थिक बर्षमा त्रिवेणी गाउँपालिका सल्यानले ल्याएका बजेट बिगतमा जस्तै बितरणमुुखी भएको बताउनु भएको छ ।

सोमवार, चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट बारे नयाँ दृष्टि डटकम सँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएकोे हो । “त्रिवेणी गाउँपालिकाले आ.व. २०७७-७८ मा ल्याएको बजेट विगतमा जस्तै बितरणमुखी छ ।” उहाँले भन्नुभयो- ‘यसले त्रिवेणीका जनतालाई सम्बोधन गर्ने खालको छैन ।”

नेता खड्काले गाउँपालिकाले ल्याएको निति कार्यक्रम र वजेटका बिचमा तालमेल नभएको पनि बताउनु भएको छ । उहाँले भन्नुभयो- “जस्तै रणनितिक महत्वका बाहेक अन्य रोडमा बजेट नछुट्याउने भनिएको छ तर खासै महत्व नभएका रोडमा पनि बजेट छुट्याएको देखिन्छ । यसरी अनावस्यक ट्रयाक  खोल्दा बनजंगल र वातावरणलाई असर पर्ने देखिन्छ ।”

निति कार्यक्रममा कृषि क्षेत्रलाई समेटिएको भएपनि सोहि अनुसारको बजेट ब्यवस्था नगरिएको उहाँको भनाई छ । यतिवेलाको बजेट उत्पादन मुलक र रोजगारी मुलक हुनु पर्ने भएकाले कम्तीमा एक वडा एक उत्पादनको ब्यवस्था निति कार्यक्रममा समावेश गरेर सोही अनुसार बजेट बिनियोजन हुनु पर्नेमा त्यसो नगरिएको उहाँले बताउनु भयो ।

अनावस्यक स्वंमसेवक शिक्षकहरुको सट्टा दरवन्दी अनुसारको शिक्षक व्यवस्थापन गर्नुपर्ने र त्रिवेणीमा कृषि, जडिबुटि र पशुपालनको राम्रो संभावना भएकोले एउटा कृषि कलेज सञ्चालण गर्ने खालको निति कार्यक्रम हुनुपर्नेमा उहाँले जोडदिनु भयो ।

नेता खड्काले त्रिवेणीमा आफुहरु जिम्मेवार प्रतिपक्ष भएकोले रचनात्मक भुमिका खेलेको र बिकास निर्माणको मामलामा सवै राजनितिक दलहरुको साझा धारणा बनाएर अघि बढ्न गाउँपालिका अध्यक्ष्यलाई अपिल गरेको पनि बताउनु भयो ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको