October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
शारदा नगरपालिकाको निति, कार्यक्रम र बजेट, एउटा कल्पनाशिल लेखकले लेखेको उपन्यास जस्तो : मनोज प्रधान

शारदा नगरपालिकाको निति, कार्यक्रम र बजेट, एउटा कल्पनाशिल लेखकले लेखेको उपन्यास जस्तो : मनोज प्रधान

साउन १०, सल्यान ।

पुर्व जिविस सभापति, नेकपाका नेता तथा गत स्थानिय निर्वाचनमा शारदा नगरपालिका सल्यानका मेयरका प्रत्यासी उम्मेद्धार मनोज प्रधानले चालु आर्थिक बर्षमा शारदा नगरपालिकाले पारित गरेको निति, कार्यक्रम र बजेट एउटा राम्रो कल्पनासिल लेखकले लेखेको उपन्यास जस्तो भएको बताउनु भएको छ ।

चालु आर्थिक बर्षमा नगरपालिकाले पारित गरेको निति कार्यक्रम तथा बजेट बारे नयाँ दृष्टि डटकम सँग संक्षिप्त प्रतिक्रिया दिदै उहाँले निति कार्यक्रम र बजेट पढ्दा आनन्द आउने खालको भएता पनि आपसमा तालमेल नभएको बताउनु भएको हो ।

हाल नगरपालिकामा निर्वाचित मेयर लामो समयसम्म स्थानिय तहमा जनप्रतिनिधि सँग काम गरेको अनुभवी व्यक्ति भएकोले राम्रो काम गर्न सक्ने र अहिलेको स्थानिय सरकारको संरचना नयाँ व्यवस्था भएकाले कम्तीमा १ बर्षसम्म काम गर्न सिक्ने समय लाग्ने सोचेर प्रतिपक्षले विना कुनै अवरोध निर्धक्क काम गर्ने अवसर दिएतापनि नगरवासीले गत ३ बर्षमा ठोस किसमको उदाहरणिय काम भएको महसुुस नगरेको उहाँको भनाई छ ।

नेता प्रधानले निति कार्यक्रम र बजेटका विचमा तालमेल नभएको, बजेट कार्यन्वयनमा मनोमानी गरेको र आफ्ना खासखास कार्यकर्तालाई पाल्ने र कमाउने बाहेक अरु काम नभएको आरोप समेत लगाउनु भएको छ । “कार्यक्रमहरु छ्यासम्यास छ । निति कार्यक्रम एकातिर छ । बजेट बिनियोजन अर्काेतिर छ र कार्यन्वयन झन मनोमानी ढंगले अर्कैतिर छ ।” उहाँले भन्नु भयो – “उहाँका यस्ता कार्यक्रमले (सबैलाई होईन) खासखास कार्यकर्तालाई पाल्ने र कमाउने बाहेक अर्काे काम भएको छैन।”

नगरपालिकाका कार्यक्रमलाई मेयर अधिकारीले पार्टिको कार्यक्रम जस्तो बनाएको पनि उहाँको आरोप छ । “नगरपालिकाका कार्यक्रम गर्नुहुन्छ तर आफ्ना पार्टिका सिनियर लिडरहरुलाई बसालेर माला लगाउनु हुन्छ।” उहाँले भन्नु भयो – “त्यो नगरपालिकाको कार्यक्रम होइन, पार्टिको कार्यक्रम हो जस्तो गर्नुहुन्छ ।”

प्रयाप्त बजेट भएको, बहुमत प्राप्त र अधिकार सम्पन्न नगरपालिकाको मेयरले कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रमा जति गर्न सक्नु पथ्र्यो त्यति काम गर्न नसकेको, स्थानियको सुझाव लिने, उनिहरुका गुनासा सुन्ने, आलोचना सुन्ने र प्रतिपक्षी नेताहरु सँग सरसल्लाह लिने त परको कुरा कथमकदाचित कहिलेकाही सार्वजनिक रुपमा सकारात्मक सुझाव दिदा पनि त्यसलाई बिभिन्न नकारात्मक टिका टिप्पनी गर्ने गरेको समेत आफुहरुले भोगेको नेता प्रधानले बताउनु भयो ।

हेर्नुहोस पुरा भिडियो :

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको