May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार

फौजी किराको आक्र’मण बाट किसानहरू चिन्तित

महेश शर्मा
फागुन ८, गुलरिया

किसानहरुले लगाएको मकै बालीमा अमेरिकन फौजी किराले आकृमण गरेर क्षति पुर्र्याउन थालेपछि बर्दिया गुलरिया न.पा.– ८, थपुवाका किसानहरु चिन्तित बनेका छन ।

युएसएआइडि किसान – २ परियोजना र आर्चाय एग्रोफर्म ट्रेडर्सको साझेदारीमा गठित बबई कृषक समुह र मिलिजुलि कृषक समुहका सदस्य लगाएत अन्य कृषकहरुले लगाएको मकै बालीमा फौजी किराले क्षेति पुर्याएको हो । फौजी किराले किसानहरुले लगाएको करिब ३० बिगाह भन्दा बढि क्षेत्रफलको मकै बालीमा  क्षेती पुर्र्याएको छ ।

मकै बालीमा फौजी किराले क्षेति पुर्याएको आर्चाय एग्रोफर्म ट्रेडर्सका टेक्निकल सुपरभाइजर महेश शर्मा र फिल्ड प्राबिधीक लक्ष्मी सापकोटा पुष्टि गरेका छन । फौजी किराको संकृमण देखिएको जानकारी पाए लगतै आर्चाय एग्रोफर्म ट्रेडर्सका प्रो. रामप्रशाद आर्चाय,किसान २ परियोजना बर्दिया जिल्लाका संयोजक अनिल खड्का र गुलरिया न.पा कृषि शाखाका प्राविधिक कमल तामाङ उक्त क्षेत्रमा अवलोकन गरेका छन ।

गत बर्ष पनि धान र मकैमा क्षेती गरेको फौजी किराले यो पटक पनि किसानलाई सताउन थालेको छ । मिलिजुली कृषक समुहका सदस्य छत्रपाल चौधरीका अनुसार विगत २÷३ वर्ष देखि लगातार धान र मकैमा यसले क्षेती पुर्याएको छ ।

यसको किराको समस्या समाधानका लागि आचार्य एग्रोफर्म ट्रेडर्स, किसान २ परियोजना, नगरपालीकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रले यस बारे जनचेतना तथा विभिन्न कार्यक्रम संचालण गर्ने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको