June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
बच्चाको सुन्दर भविष्यको लागी अभिभावकले चिन्ता गर्ने कि चिन्तन ? यि पक्षहरुमा रहनुस सतर्क

बच्चाको सुन्दर भविष्यको लागी अभिभावकले चिन्ता गर्ने कि चिन्तन ? यि पक्षहरुमा रहनुस सतर्क

• खिमराज डि.सि

जेठ १५, सल्यान । बालक भनेका काचो माटो हुन ,जसरी एउटा सिपालु कुमाले काचो माटोबाट विभिन्न प्रकारका सुन्दर बस्तुहरुको निर्माण गर्न सक्छ, हो त्यसरी नै एउटा अबोध बालक कस्तो परिवारमा जन्मिन्छ र अभिभाबक कस्तो पाउछ भन्ने कुराले बालकको भबिस्य निर्धारण गर्दछ।

जस्को परिवार अस्तब्यस्त छ। गास ,बास,र कपासको ब्यबस्था गर्न धौ धौ पर्छ । चेतना स्तर निकै कमजोर छ । त्यस्ता परिवारलाई बालकको भबिस्य भन्दा पनि बर्तमान (खानपिन) को चिन्ता हुन्छ । यो सवाल विशेष गरि धेरै बालबालिकाहरुको जन्म दिने बाबुआमालाई हुन्छ । पछिल्लो समयमा हाम्रो समाजमा सानो परिवार , सुखी परिवार निर्माण गर्ने र बालबालिकाको भबिस्यको विशेष चिन्ता गरेको पाईन्छ ।

अभिभाबकहरुलाई सबै भन्दा बढी चिन्ता छ भने बालबालिकाको भबिस्यको छ । आफ्नो सबै लगानी त्यतै तिर केन्द्रित छन । सबैलाई आफ्नो बालबालिकाले प्रगती गरेको हेर्न मन छ ।

बालबालिकाको भबिस्यबाणी गर्नको लागि उस्को बर्तमान हेर्न जरुरी छ । उस्लाई हामिले कस्तो खालको बाताबरण दिईराखेका छौ भन्ने कुराले उस्को भबिस्यको निर्धारण हुने हो ।

बालकको सुन्दर भबिस्यको लागी कस्तो बाताबरण तयार गर्ने ?

हामिले बालबालिकाको भबिस्यको चिन्ता मात्र गरेर मात्र हुदैना । त्यस्को साथसाथै उपयुक्त बाताबरण तयार गर्नु पर्दछ ।

बालबालिकाहरुको बानिको सुधार तल्लो तहबाट नै गर्नुपर्दछ । हामिले बालबालिकाको सधैभ निगरानी गरिराख्नुपर्दछ । ताकी उस्को अबस्था के छ ? उस्का चाहानाहरु के हुन ? उ कस्तो साथी सङ्गत सङ्ग छ । तर कडाई गर्ने नाममा उस्का आबस्यक्ताको ठिक तरिकाले पहिचान गर्न सकियन भने , उस्लाई हर कुरामा बन्देज गरियो भने, निस्चित घेरामा राखियो भने, हामिले सोचेको जस्तो बालक बनाउना सक्दैनौ । उस्को सर्बाङ्गिण पक्षको बिकास हुने खालका क्रियाकलाप गर्न जरुरी छ!

अभिभाबक सतर्क हुने पक्षहरु ?

हामि कहिलै पनि बालबालिका अगाडि केहि फरक पर्दैना, यो सानो मान्छे हो, यस्ले केही थाहापाउदैना भनेर सानो गल्ती पनि गर्नुहुदैना । जस्ले गर्दा तपाईको सानो कमजोरि उस्को लागि अभिसाप बन्न सक्छ । हामिले आफ्ना गलत आनिबानिहरु जुन हामिकाई गलत कुराहरु हुन भन्ने थाहा हुदाहुदै पनि बालबालिकाको अगाडि सधै गरिराखेका हुन्छौ ।

हामी सङ्ग चुरो, खैनी देखि लागुपदार्थ सम्म सेबन गर्ने बानी छ भने बिर्सेर पनि बालबालिकाहरुको अगाडि प्रयोग गर्नुहुदैना। यस्ले हाम्रो राम्रो बनाउने चाहानामा ब्रेक लाग्नसक्छ ।

बालकको क्षमता पहिचान गर्न सक्नुपर्छ

हाम्रो चाहान अनेकौ हुदाहुदै पनि बालको क्षमता पहिचान गर्न जरुरी छ । बिपरित धुर्बहरु कहिलै पनि एक हुन सक्दैनन । उस्को क्षमता र चाहानको पहिचान गर्दै सोही अनुरुप बाताबरण तयार गर्नुपर्छ ।

उस्का आफनै चाहानाहरु हुन्छन । गित गाउने, मादल बजाउने, हार्मोनियम, गितार बजाउने, बासुरी बचाउने, खेलहरु खेल्ने, नृत्य गर्ने इत्यादी । यस्को अलावा आर्ट गर्ने, विभिन्न खालका डिजाईन गर्ने, नयाँ नया कुराहरुको खोजतलास गर्ने त्यो बालकमा भर पर्छ । यस्ता खालका प्रतिभाको बिकास गर्दै स्कुल तहको शिक्षालाई अगाडि बढाउन जरुरी छ!

मुख्य उदेश्य के बनाउने ?

सबै प्रतिभाहरुको बिकास गर्दै खास कुरा औपचारिक शिक्षालाई निरन्तरता दिनु नै बालकको भबिस्य सुन्दर बनाउने उपयुक्त माध्याम हो । समय मिलायर दुबै पक्षलाई सङ्ग सङ्गै लिन सकियो भने अझ सुगन्धित हुन्छ । बालबालिकाहरु आफै निर्णय लिने अबस्थामा नपुगुन्जेल सम्म अभिभाबको भुमिका नै अहम हुन्छ तर उच्च शिक्षा लिदाखेरी बालबालिकाको खास क्षमता पहिचान गर्दै निर्णय लिन जरुरी छ । अन्नेथा लगानी डुब्न सक्छ ।

लकडाउनमा के गर्ने ?

कोरोना भाईरस (कोभीड 19) को कारणले बिस्वलाई नै क्षतबिक्षत बनाएको छ । यस्को गतिलो प्रभाब शिक्षा क्षेत्रमा परेको छ । लकडाउनको कारण लाखौ बिधार्थिको भबिस्य अन्योलमा परेकोछ । यो संक्रमणको समयमा आफ्ना स-साना बालबालिकाहरु प्रती विशेष ख्याल गर्न तपसिलको कुराहरु ख्याल गर्न जरुरी छ ।

१. पहिलो कुरा घरमै सुरक्षित बसौ र बसालौ ।
२. उपयुक्त पौष्टिक आहारको ब्यबस्था गरौ ।
३. स्वास्थ अबस्थाको ख्याल गरौँ !बेलाबेला चेकजाच गरौँ ।
४. बालबालिकाहरुलाई बिग्रनवाट जोगाउन ब्यस्त बनाउ ।

५. घर भित्रका हरेक कामकाज देखि खानाका परिकार बनाउने तरिका सिकाउ ।
६. स्तर र क्षमता अनुसार विभिन्न खालका सिपहरु सिकाउने बाताबरण तयार गरौँ ।

७. निश्चित रुटिन बनाएर अपौचारिक शिक्षाका आधारभुत कुराहरु सोध्ने, पढ्न लगाउने, लेख्न लगाउने काम गरौँ ।
८. सामाजिक संजाल र संचारका माध्यामबाट प्रसारित राम्रा कुराहरुको सिको गर्ने र प्रयोग गर्ने बानिको बिकास गरौँ ।
९. गित गाउने,नृत्य गर्ने देखि मादल,बासुरी,हार्मोनियम,क्यासियो जस्ता बाजाहरु बजाउने सिपको बिकासमा सहयोग गरौँ ।
१०. शारीरिक र मानसिक बिकास गर्ने खालका खेलहरु खेल्ने बाताबरण तयार गरौँ !

११. गलत गतिबिधिमा लागेको नलागेको बारे विशेष निगरानी गरौँ । अनि मात्र बाताबरण सहज भएपश्चात् औपचारिक रुपमा कक्षा संचालन भयको बेला बालबालिकालाई सहज हुनेछ!

लेखक, प्याब्सन सल्यानका सचिब तथा ब्राइट रोजल्यान्ड बोर्डिङ्ग स्कुल बागचौर सल्यानका कोडिनेटर हुन ।

शीर्ष समाचार

धेरै पढिएको