October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
एसईई परिक्षाको योग्यता प्रमाणीकरणको आधार, भ्रम र यथार्थता

एसईई परिक्षाको योग्यता प्रमाणीकरणको आधार, भ्रम र यथार्थता

-टोप बहादुर गिरी

अरुको इच्छा वा पर+इच्छा = परिक्षा गरायर हाम्रा विध्यार्थीहरुको चरीत्र निर्माण हुन सक्दैन।

विश्वव्यापी रूपमा फैलिएको कोरना भाईरसका कारण धेरै क्षेत्रहरु नराम्ररी गाजिरहेको अवस्थामा नेपालको सन्दर्भमा चासो ज्यादै पेचिलो वनेको एउटा मुख्य क्षेत्र हो शिक्षा क्षेत्र। त्यसमा पनि २०७६ सालको एसईई अर्थात माध्यामिक शिक्षा परिक्षा।

गत २०७६ चैत्र ६ गतेदेखी हुने भनियको एसईई परिक्षा कोरनाभाईरस जोखिमका कारण गत चैत्र ५ गतेको कोरना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भयको थियो।परिक्षा स्थगन सगै करिब अढाई महिना एसईई परिक्षा तयारी गरिरहेका करिब चार लाख वढी विध्यार्थीहरु र तिनका अभिभावकहरु अन्यौलतामा ग्रुजिनुपर्यो।

त्यो अन्यौलतालाई मिति २०७७ जेठ २८ गते वसेको मन्त्रीपरिषदको वैठकले चिर्ने काम यसरी गर्यो कि कोरनाभाईरस (कोभीड-१९) महामारीका कारण स्थगित माध्यामिक शिक्षा परिक्षा(SEE) विध्यालयबाट गरियको आन्तरिक मूल्यांकनलाई आधार वनायर राष्ट्रिय परिक्षा वोर्डले प्रमाणपत्र जारी गर्ने गरि निर्णय गरेर।यो निर्णय सगै परिक्षा तयारी गरिरहेका आम विध्यार्थीहरुमा खुशीयाली त छायो तर यसवारे फेरि पनि विभिन्न टिकाटिप्पणी र शङ्का उपशंका कायम नै रह्यो।

यहाँ म पनि यस परिक्षासग समन्धित शिक्षक भयको नाताले २०७६ सालका एसईई दिने विध्यार्थी भाईबहिनीहरुको परिक्षा योग्यता प्रमाणीकरको आधार बारे आफ्नो तर्फबाट केहि बिचार राख्न चाहान्छु।

वि.स:१९९० कार्तिक १६ मा नेपालमा एसएलसी परिक्षा वोर्ड स्थापना भयपछी यसको आफ्नै शैक्षिक इतिहास छ। हाल नाम परिवर्तन भई एसईई भईसकेपछी र विध्यालय तहको संरचना कक्षा १२ सम्म गईसकेपछी साविक उच्च माध्यामिक शिक्षा परिषद र परिक्षा नियन्त्रण कार्यालय गाभियर राष्ट्रिय परिक्षा वोर्ड वनेको छ।

देश संघिय संरचनामा गईसकेपछी आधारभुत तहको अन्तिम परिक्षा स्थानीय तहले,माध्यमिक शिक्षा परिक्षा प्रदेशले र विध्यालय तहको अन्तिम परिक्षा केन्द्रले संचालन गर्ने दिशानिर्देश वर्तमान संविधानले गरेको छ। तर यसको नितिगत रुपमा कार्यन्वयन भईनसकेको वर्तमान परिपेक्षमा हाल एसईई परिक्षा केन्द्रबाट नै सन्चालन हुने परिपाटी रहिआएको थियो।

तर २०७६ सालमा भने परिस्थिति त्यो पनि रहेन र परिक्षा नै स्थगित भई हाल सो परिक्षा नगराई विध्यालयको आन्तरिक मूल्यांकनका आधारमा समन्धित जिल्लाको शिक्षा समन्वय ईकाई वा समन्धित जिल्लाको स्थानीय तहको शिक्षा शाखाको सिफारिसमा राष्ट्रिय परिक्षा वोर्डले प्रमाणीकरण गरि ग्रेड सीट उपलब्ध गराउने गरि सरकारले निर्णय गर्यो।

यो निर्णय सगै यहाँ केहि सङ्का उपसङ्का उव्जियकाछन।आन्तरिक मुल्यांकन विद्यालयलाई नै गर्न दिदा त्यो वैध हुन्छ त?वा कतै शिक्षकहरुले मनपरी गर्ने त होइनन? जस्ता तर्कहित र मिथ्या प्रश्न यदाकदा सुनिदैछन। यसको यथार्थमा कुरा गर्नुपर्दा हालका माननिय शिक्षामन्त्रीको एक टेलिभिजन अन्तरवार्तामा वोलेको कुरालाई सापटी लिई भन्ने हो भने जो विध्यार्थी जसको भविष्य निर्माण गर्ने गहन जिम्मेवारी र दायित्व शिक्षकले वोकेको हुन्छ। जसले वर्षभरी त्यही विध्यार्थीसग समिपमा रहेर हास्दै खेल्दै उसको चरित्र निर्माणका तल्लीन हुन्छ। अझ भनौ हरवखत विध्यार्थीको ज्ञान सीप र अभिवृद्धिको नजिकबाट मुल्यांकन गरिराखेको हुन्छ तिनै शिक्षकहरुबाट सहि मुल्यांकन हुन सक्दैन भन्नु कति जायज हुन्छ?

यसरी वर्षभरी विध्यालयको शिक्षकले विध्यार्थीहरुको हरेक कुराहरुको सुक्ष्म तवरले मुल्यांकन गरिराखेको हुन्छ जो पेपर पेन्सिलको भरमा गरिने अढाई तिन घण्टाको परिक्षाबाट सहि मुल्यांकन हुन्छ भन्नु गलत हुन्छ। यसो हुनुमा हाम्रो शिक्षा प्रणाली अझै पनि परिक्षामूखी हुनु हो। हामी हाम्रो देशको शिक्षा प्रणालीमा सुधारका कुरा गर्छौ। शिक्षालाई श्रममूखी व्यवसायिक प्रविधिमैत्री बनाउने कुरा गरिरहदा फेरि पनि हाम्रो मुल्यांकन प्रणालीमा सुधार गर्नु आवश्यक छ।

यसको लागी अरुको इच्छा वा पर+इच्छा = परिक्षा गरायर हाम्रा विध्यार्थीहरुको चरीत्र निर्माण हुन सक्दैन वा देशको असल नागरिक हुन सक्दैनन। हामीले यो बुझ्न आवश्यक छ कि हाम्रा विध्यार्थी परिक्षाको धङधङी बाट यो वर्ष पार पायका छ। भनेजस्तो ग्रेड नआउदा २/४ जनाको अकालमा मृत्युवरणका समाचार बन्ने गर्थ्यो त्यो बाट हामी मुक्त भयका छौ। यो खुसीको कुरो हो।

हामी माझ पनि कहि कतै कमजोरी हुनसक्छ त्यसलाई सच्याउदै अगाडी वढ्नु जरुरी छ। मुल्यांकनका पनि अनेक बिकल्प छन र हुन सक्छन्। त्यतातर्फ ध्यान दियौ। स्थानिय स्तरमा प्र अ हरु सम्मिलित बिज्ञ समुह बनायर मुल्यांकनको अनुगमन गरौ। या कुनै मापदण्ड बनाउ। अनेक उपायहरु छन। तर विध्यालय वा त्यहाका शिक्षकहरु माथी शंकाको नजरले कदापि नहेरौ। यसरी विभिन्न विकल्पमा आन्तरिक मुल्यांकनको आधार बनायर विध्यार्थीहरुलाई प्रमाणपत्र दिने वाटो खुला गरौ।

लेखक: त्रिभुवन जन मा वि लुहापिङ खलंगा सल्यानमा माध्यामिक तहको सामाजिक शिक्षक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको