October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
लकडाउनमा बसेका बिद्यार्थीलाई एउटा शिक्षकको खुल्ला पत्र

लकडाउनमा बसेका बिद्यार्थीलाई एउटा शिक्षकको खुल्ला पत्र

प्रिय विद्यार्थीहरु ,
सामान्य अबस्था हुन्थ्याे भने आजभाेली तपाईहरु अभिभाबक सहित विद्यालयमा नयाँ उमङ्गका साथ नयाँ कक्षामा र काेहि नयाँ बिद्यालयमा भर्ना भई नयाँ पाठ्यपुस्तक संगै रमाईरहेका हुन्थ्याै भने काेहि परीक्षा लिईरहेका त काेहि परीक्षाकाे तिब्र तयारीमा हुन्थ्याै तर हामी त्याे सामान्य अबस्थामा छैनाै। किनभने आज काेराेना महामारीले हामी लकडाउनकाे अबस्थामा छाै।

हामीले पढेका थियाै भाईरस अत्यन्त सूक्ष्म विषाणु हाे । DNA वा RNA वाट यिनीहरु बनेका हुन्छन। यिनिहरुकाे कारणले जीबहरुमा बिभिन्न राेगहरु लाग्छ । यिनिहरु विभिन्न माध्यमले एक जिबवाट अर्काे जीबमा सर्दा राेग पनि सर्छ। यिनिहरुलाई अब्लिगेटरी पारासाइट भनिन्छ किनभने यिनिहरु पूर्णरुपमा अन्य जीवमा मात्र आश्रित हुन्छन।

यसकाे अर्थ यिनिहरु जीवकाे शरिर बाहिर धेरैवेर बाच्न र प्रजनन गर्न सक्दैनन । कुनै निश्चीत जीवकाे निश्चीत भागमा मात्र यिनिहरुले संक्रमण गर्छन र बाँच्छन , प्रजनन गर्छन र यिनिहरुकाे संख्या अत्यन्त तिब्र गतिमा वृद्धि हुन्छ र असर गर्छन । जस्तो भाईरस सम्वन्धि बिबिध बिषयबस्तु परीक्षामा पास गर्नलाई पढेका थियाै तर अब बेला आएकाे छ पढेकाे ज्ञानलाई आफ्नाे दैनिक जीबनका ब्यबहारमा प्रयाेग गरि आफु बच्ने र अरुलाई बचाउने र जीबनकाे परीक्षामा पास हुने ।

विद्यार्थी भाईबहिनिहरु ,
आज काेराेना (COVID-19)नाम गरेकाे भाईरसकाे कारण विश्व महामारीकाे रुपमा फैलिएर लाखाै मानिसकाे मृत्यु र लाखाैलाख संक्रमित र अरबाै मानिस त्रसितरूपमा लकडाउनमा वसिरहेकाे अबस्था छ ।

यस लकडाउनकाे अवस्थालाई हामी सबैले डार्विनकाे सिद्धान्त “वाँच्नका लागि संघर्ष (Struggle for existence)” काे रुपमा लिई कुनै पनि जीव वाँच्नकाे लागि उपयुक्त खाना, पानी, हावा, सुरक्षा आदिमा तिब्र प्रतिस्पर्धा हुन्छ र हामी पनि प्रतिस्पर्धामा भाग लिईरहेका छाै र यस प्रतिस्पर्धामा जीत्ने उपयुक्त तरिका भनेकाे नै लकडाउनकाे पूर्णपालना गरि भाईरसले मन नपराउने व्यवहार अनुसरन गर्नु हाे ।

त्यस्तै “प्राकृतिक छनाैट (Natural selection) ” काे नियमानुसार प्राकृतिक वातावरण अनुकुल व्यवहार गर्न सक्ने जीव लामाे समय बाँच्ने र अरू नास भएर जाने सिद्धान्तलाई अनुसरण हामिले गर्ने बेला आएकाे छ र गर्नुपर्छ ।

त्यस्तै हामीले पढेकाे माल्थसकाे जनसंख्या सिद्धान्त अनुसार “खाद्यान्नकाे वृद्धि 1:2:3:4:5 काे अनुपातमा हुन्छ भने जनसंख्या वृद्धि 1:2:4:8:16 काे अनुपात हुन्छ। जसले गर्दा जनसंख्या र खाद्यान्न विच असन्तुलन नियन्त्रण गर्न विश्वमा बेला बेलामा ठुलाठुला राेग, भाेग जस्ता महामारी आई जनसंख्या नियन्त्रण गरि सन्तुलनमा ल्याउने कुरासंग अहिलेकाे काेराेना महामारीलाई लिन सकिन्छ र माल्थसकाे जनसंख्या सम्बन्धी सिद्धान्त ब्यबहारमै अनुभब गर्ने अवसर मिलेको छ ।

त्यस्तै अहिलेकाे लकडाउन पिरियडमा ( अवधिमा) कालाेबजारी महंगि जस्ता घटनाहरुलाई पनि अर्थशास्त्रमा हामीले पढेका मागकाे नियमसंग तुलना गराै- “अन्य कुरा यथावत भएमा बस्तुकाे मूल्य बढेमा बस्तुकाे माग घट्छ भने मूल्य घटेमा बस्तुकाे माग बढ्छ ।” अहिले बजारमा बस्तुकाे मूल्य बढे पनि माग बढिरहेकाे छ किनभने अन्यकुरा यथावत नहुदा कालाेबजारी भइरहेकाे छ र उपभाेक्ताले पनि भविष्यमा उक्त बस्तुकाे अभाब हुने वा मूल्य झन बढ्ने आशंकाले माग बढाइरहेकाे कुरालाई लिन सकिन्छ ।

त्यस्तै बजारमा आजभाेली पेट्राेलियम पदार्थकाे मूल्य घटेकाे घटनालाई पनि मागकाे नियमसंग जाेडेर हेरौं किनभने लकडाउनमा यातयातका साधन नचल्दा तेलकाे माग घट्दा तेलकाे मूल्य घटेकाे कुरा अन्यकुरा यथावत नभएकाे रुपमा लकडाउनलाई लिन सकिन्छ नकि मागकाे नियम नै गलत रहेछ भन्ने हैन ।

त्यस्तै पूर्तिकाे नियमलाई लिन सकिन्छ -“अन्य कुरा यथावत रहेमा बस्तुकाे मूल्य बढेमा बस्तुकाे पूर्ति परिमाण बढ्छ भने मूल्य घटेमा बस्तुकाे पूर्ति परीमाण पनि घटछ ।” तपाईहरुलाई थाहै छ अहिले मास्क ,पञ्जा, स्यानिटाईजर , थर्मल गन थर्माेमिटर जस्ता समानकाे मूल्य ह्वात्तै बढेकाे छ भने यसकाे उत्पादनमा पनि वृद्धि भई पूर्ति बढिरहेकाे छ ।

लकडाउनमा घरमा बसिरहदा सिमान्त उपयाेगिता ह्रासकाे नियमलाई तुलना गराै -“वस्तुकाे उपभाेग गर्दै जाँदा बस्तुबाट प्राप्त हुने उपयाेगिता क्रमश: घट्दै जान्छ ।” विद्यालयमा नियमित जाँदा शनिवारिय विदा काे उपयाेगिता धेरै हुन्थ्याे तर लामाे समय घरमै बस्दै जाँदा उपयाेगिता घटे झै भा छ यसलाई ब्यबहारमा अनुभब गरेका विद्यार्थीकाे रुपमा बिकास भएका छाै याे ज्ञान नै दिगाे, जीबनउपयाेगी हुनेछ ।

त्यतिमात्र हैन यस लकडाउनकाे पिरियडमा घरमा नियमित अभिभाबकका दु:ख सुख संग सहकार्य गरेका छाै । एकअर्काका ज्ञानसिप आदानप्रदान गर्ने सुअबसर मिलेकाे छ। पारिवारिक माया ममतामा रमाउन पाईएकाे छ। याे नै जीबनउपयाेगी ज्ञान हाे। भन्ने गरिन्छ “घर नै हाम्राे पहिलाे र सुन्दर पाठशाला हाे ।” त्यसैले पहिलाे र सुन्दर पाठशालामा रमाईरमाइ सिक्ने अबसरकाे रूपमा लकडाउन उपयाेग हाेस र उपयाेग गरिरहेका छाै भन्नेमा हामी ढुक्क छाै किनकि विद्यार्थी हाम्रा मालिक हुन मालिकले आफै गर्छ नाेकरले भनेपछि गर्छ ।

काेराेना महामारीले हामीलाई आत्मनिर्भर र प्रकृतिप्रेमी हुन सिकाएकाे छ । प्रदेशिएकालाई देशकाे माया बढाएकाे छ । शहरियालाई गाउँकाे माया बढाएकाे छ । गाउँ घुम्नेलाई घरमै वस्न सिकाएकाे छ । धेरै नजिकै पनि नहुने सिकाएकाे छ। पुरानाे नेपाली संस्कृति काे जगेर्णा गर्न सिकाएकाे छ । एकअर्कामा सरसहयाेगकाे भावनाकाे बिकास गराएकाे छ । धनकाे घमण्ड गर्नेलाई एक पटक साेच्ने बनाएकाे छ । बैज्ञानिकहरुलाई अझै साेच्ने बनाएकाे छ। गाँउमा कृषि गरि खानेलाई अझै सकारात्मक उर्जा दिएकाे छ ।

संघियताकाे महत्व र भुमिका बढाएकाे छ । जनउत्तरदायी राजनेता, जिम्मेवार लगनशिल जनता, कर्तव्यनिष्ठ कर्मचारि पहिचान गर्ने बनाएकाे छ र स्वअध्ययन गरि आफ्नाे भविष्य आफै निर्माण गर्ने विद्यार्थी पहिचान हुने अबसर यस काेराेना महामारीकाे लकडाउनले दिएकाे छ । त्यसैले जय लकडाउन! जय प्यारा विद्यार्थी !

उहाँ श्री सरस्वति माद्यामिक बिद्यालय बागचौर नगरपालिका ५ शिवरथ सल्यानमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको