May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
लकडाउनमा कृषि क्षेत्र

लकडाउनमा कृषि क्षेत्र

काेराेना संक्रमणका कारण विश्व नै आक्रान्त बनिरहेकाे अवस्थामा आम नेपालीहरुमा पनि त्रास पैदा हुनु स्वभाविक छ । विकसित राष्ट्रहरु नै निरह देखिरहेकाे अवस्थामा हामी सिमित स्राेत र साधन सहित संघर्षरत छाैँ । यतिबेला अधिकांश विश्व नै लकडाउनमा छ । लकडाउन नै काेराेना राेकथामकाे एउटा उत्तम उपायकाे रुपमा विश्व स्वास्थ्य संगठनले अघि सारेकाे छ । जसको कारण काेराेनाकाे संक्रमण केही हदसम्म भएपनि कम भएकाे पक्कै छ।

नेपालमा पनि वि.सं. २०७६ चैत ११ देखि पुर्ण रुपमा लकडाउन रहिरहेकाे छ । शहरमा र घना बस्तीमा लकडाउनलाई कडिकडाउ गर्नु स्वभाविक छ तर गाउँका बस्ती जहाँ प्रायः कृषिका उत्पादनमा जाेडिएकाे जनसंख्या छ त्यहाँ लकडाउनकाे फरक मापदण्ड निर्धारण गरिनुपर्छ ।

सरसफाई र सुरक्षाकाे पुर्ण रुपमा अवलम्बन पक्कै पनि गर्न पर्छ । काेराेना राेकथाम सम्बन्धी जनाचेतना हुनु जरुरी अवश्य छ । सरसफाईका निश्चित मापदण्ड, सुरक्षाको मापदण्ड र भाैतिक दुरी कायम गर्दै कृषिका उत्पादनमा जाेड्ने विकल्पमा जानू पर्दछ । कृषि कार्य गर्दा काेराेनाबाट कसरी वच्ने, सुरक्षित रुपमा कृषि कार्यमा कसरी जाेडिने निश्चित मापदण्ड बनाउन पर्छ नत्र राेगले भन्दा भाेकले मर्ने दिन नआउला भन्न सकिदैन।

शहरी क्षेत्रमा पालना गरिने लकडाउनकाे मापदण्ड र गाँउमा कृषिमा काम गर्ने व्यक्तिले पालना गर्नुपर्ने लकडाउनकाे मापदण्ड पक्कै फरक हुनुपर्छ । क्वारेन्टाइन, आईसाेलेसन र परिक्षण प्रयाेगशालाकाे पहुचकाे विस्तारमा स्थानीय सरकारलाइ सक्षम बनाई कृषिका उत्पादन बढाउनमा कृषकलाई उत्प्रेरित र उत्साहित गर्नु जरुरी छ । कृषकले उत्पादन गरेका खाद्यान्न बारीमा कुहिन दिनु हुदैन । कृषकले उत्पादन गरेका बस्तुलाई वितरण गरेर मात्र भाेक संग लड्न सकिन्छ र संगै काेराेना राेग संग लड्न सकिन्छ ।

गाउँ फर्केका हामी सवैले भाैतिक दुरी कायम गर्दै बाँझा जमिनमा अन्न उत्पादन गर्न जुट्नु पर्दछ । अब पनि जमिन बाँझो रहयाे भने हामी भाषण र आदर्शमा मात्र बहादुरी देखाउछाैँ भन्ने कुरा पुष्टि हुनेछ । शिक्षित जमात लकडाउन भन्दै काेठाकाे काेठामै रुमलियाैँ भने खेतमा काम गर्ने कृषकलाई पक्कै पनि निरासा पैदा हुनेछ।

याे समयमा कृषिमा हाम्रो शिक्षित जनशक्तिको काे याेगदान देखिनुपर्दछ । काेराेनाकाे सत्य तथ्यलाई आम मानिसमा बुझाई अझै संयमित र उच्च मनाेबल बढाउन लाग्नुपर्छ । काेराेनाकाेे त्रास कम गराउन मनाेवैज्ञानिक परामर्श र सुरक्षाको उपायबारे ठुलाे याेगदान हुन सक्छ । भाैतिक दुरी कायम गर्दै कृषिमा रमाउन र क्रियाशीलता बढाई उत्पादन बढाउन सहयाेग पुग्न सक्छ ।

कोरोना महामारीले अर्थतन्त्रमा विश्वभर ठुलै मन्दि आउने प्रायः निश्चित छ त्यसैले पनि नेपाल जस्तो गरिब राष्ट्र यसबाट माथि उठ्न ठुलाे कठिनाइ झेल्नुपर्ने हुनसक्छ । यसैले हामी हाम्राे कृषि उत्पादनको लयलाई टुट्नदिनु हुदैन । किसानलाइ निरुत्साहित बनाउनु त पटक्कै हुदैन ।

उत्पादनमा आत्मनिर्भर बन्ने अठाेट पक्कै लिनुपर्दछ । एकातिर काेराेनालाई फैलन नदिने कुरामा उच्च सचेतता र बलियाे अाधार खडा गर्ने चुनाैतिमा सवै मिली जुट्नु पर्नेछ भने अर्काेतिर भोलि हुने अर्थतन्त्रको धरासायी अबस्थाबाट माथि उठ्ने कुरामा कृषि उत्पादनमा अात्मानिर्भतामा जानू जरुरी छ।

हामी नागरिकहरु जिम्मेवार बनेर काेराेना नियन्त्रणमा सहयाेग गर्नुपर्दछ। हामी आफै सेल्फ क्वारेन्टाइनकाे मापदण्डमा रहनुपर्दछ । शंका लागे आईसाेलेसनमा वस्नु, काेराेना परिक्षण गराउनु हाम्राे जिम्मेवारी हुन आउछ । सवै तहका सरकारहरु आजकाे अवस्थामा काेराना नियन्त्रणमा जिम्मेवार भै सवै नागरिकलाई जिम्मेवार बनाउन लाग्नुपर्दछ। कृषककाे लागि लकडाउन खुकुलाे हैन व्यवस्थित हुनुपर्छ । सुरक्षित हुनुपर्छ । अझ भनाैँ न काेराेना फ्रि र कृषक मैत्रि वातावरण हुनुपर्दछ।

अन्तमा आत्माबलका साथ कृषिमा परिश्रम गर्ने र स्वस्थ जिवनशैलिका साथ कृषि उत्पादन बढाउने वातावरण निर्माण गरि काेराेना संग विजय हासिल हुने निश्चित हुनु पर्दछ । कृषि उत्पादनले भाेकबाट बचाउने छ र काेराेना राेगबाट पनि बचाउनेछ । कृषिमा आत्मानिर्भरताकाे लयमा अघि बढ्ने अवसर गुमाउनु हुदैन । जति सकिन्छ कृषि क्षेत्रलाई टुट्न नदिऔं। कृषकको प्रवर्द्धन गराैँ र कृषि लाई आधुनिकिकरण गर्दै संकटकाे सामना गराैं । यस्लाई हाम्राे जिम्मेवारी बुझाै कि भाेक र राेग संग संगै लडाैं ।

लेखक,श्री सरस्वती माद्यामिक विद्यालय बागचौर नगरपालिका ४ शिवरथ सल्यानमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको