June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
काेराेना कहर भित्रकाे माटाे माेह

काेराेना कहर भित्रकाे माटाे माेह

सरुवा भाइरस कोरोना (कोभिड – १९) सन २०१९ डिसेम्बरमा चीनकाे हुवेई प्रान्तको राजधानी वुहान बाट सुरु भई १९ अप्रिल २०२० सम्म आउदा विश्वका १८५ भन्दा बढि देशहरु प्रभावित भईसकेका छन । विश्वभर कुल २३,२९,६५१ जना मानिसहरु संक्रमित भैसकेका छन भने कुल १,६०,७२१ जनाले ज्यान गुमाइसकेकाे र ५,९५,००० जना संक्रमित निकाे भई घर फर्केकाे विश्व आंकड हाम्राे सामु विद्यमान छ । हाम्रो देश नेपालमा पनि हाल सम्म ३१ जना संक्रमित र ३ जना निकाे भएर घर फर्केको अवस्था छ ।

काेराेना संक्रमितकाे संख्या र ज्यान गुमाउनेकाे संख्या हेर्दा अहिलेसम्म अमेरिका सबै भन्दा नराम्रो संग प्रभावित भएकाे छ । स्पेन , ईटली , फ्रान्स ,बेलायत जस्ता विकसित राष्ट्रहरु आज काेराेना भाइरस बाट थिलथिल भएका छन । यस्ताे स्थितिमा बाध्यताले हाेस या चाहानाले हाेस सवैमा माटाे माेह पलाएकाे छ । रहरले शहर छान्नेहरु र कहरले माटाे छोड्नेहरु आज एकै स्थानमा आउनु परेकाे छ। महत्वकांक्षा पालेर नागरिकता फालेर देश छाेड्नेहरु र घरका लालाबाला गरिबीको कहरमा देश छोड्नेहरु सबैकाे देशकाे माटाे प्रतिकाे माया एकै भएको छ।

काेराेनाकाे त्रसित अबस्थामा हप्तौंकाे पैदल यात्रा तय गर्न र महाकाली नदि पार गरि गाउँ पुग्ने सहास गर्नेकाे चर्चा धेरै चलेकाे छ । अझ भनाैं, माटाे माेहकाे चर्चा त्यति चलेकाे पाईएन । काेराेनाले एकपटक अाफु जन्मेकाे माटाेसंग भेट गराएकाे छ। धेरै पछि, बर्षाैँ पछि परिवारसंग भेट गराएकाे छ। पारिवारिक भेटघाटले बर्षाैँ नखुलेका मनपेट खुल्ने अवसर प्राप्त भएकाे छ ।

खाडिकाे ताताे रापमा पसिना बगाउन सक्ने दाजुभाईलाई याे माटाेकाे अलि बढि माया लागेकाे छ । यही माटाेमा पसिना बगाउने अठाेट पलाईदिएकाे छ । माटाे छाेडेपनि नेपालीपन बाेकेका विदेशमा रहेका नेपालीहरुलाई पनि जन्मभुमिकाे मायाले धेरै सताई रहेकाे पक्कै छ।

कुनै पनि विपतले विपतसँगै अवसर पनि ल्याउने गर्छ। त्याे अवसर हामिले छाेप्नु सक्नुपर्छ। अब गाऊलाई माया गर्नुपर्छ। सहरकाे रहर र विदेशकाे उपदेश छाेडेर आफ्नै माटाेलाई माया गर्नेवेला आएकाे छ। बाँझाे रहेकाे खेतबारी जाेत्ने बेला आएकाे छ। वंन जंगलको संरक्षण गरि त्यहाँ पाईने जटिबुटिमा अनुसन्धान गरेर प्रसाेधन गर्दै आफ्नै देशमा औषधी बनाउने बेला आएकाे छ। मनाेरम पहाडहरुकाे स्वच्छ हावाकाे स्पर्स गर्ने र कलकल बग्ने खाेलाकाे पानीले जिवन बचाउने बेला आएकाे छ।

ठुला ठुला नदिहरुबाट विजुली निकाल्ने र देश उज्यालो पार्ने बेला आएकाे छ। उद्योगधन्दा कलकारखाना खाेल्न थाेपाथाेपा भएपनि लगानि बढाउनेबेला आएकाे छ। दक्ष जनशक्तिको नाममा बेरोजगारी र बिदेश निर्यात गर्ने जनशक्ति उत्पादन गर्ने हाम्रो शिक्षा प्रणालीको रुपान्तरण गर्नेबेला आएकाे छ। सांच्चै व्यवहारिक र बैज्ञानिक शिक्षाकाे थालनी गर्नेवेला आएकाे छ । संमग्रमा फरक ढंगले, नयाँ तरिकाले साेच्ने बेला आएकाे छ ।अाफ्नाे माटाेलाई माया गर्ने बेला अाएकाे छ ।

लेखक,श्री सरस्वती माद्यामिक विद्यालय बागचौर नगरपालिका ४ शिवरथ सल्यानमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको