October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
क्वारेन्टाइन जानु अपमान हैन, जिम्मेवार नागरीक बन्नु हो

क्वारेन्टाइन जानु अपमान हैन, जिम्मेवार नागरीक बन्नु हो

-भुपेन्द्र वली

विश्वमा नै चुनौती दिईरहेको नोवेल कोरोना भाइरस अर्थात (किभिड १९)नेपालमा पनि महामारीको जोखिममा रहेको छ। दिनहु संक्रमितको संख्या बढ्दो अनुपातमा छ। कोरोना भाइरसले महामारी विकासको पहिलो चरण पार गरी सकेको छ भने दोश्रो चरणको अतकं मच्चाई रहेको छ।

विडम्बना! कुनै पनि संक्रमणमित व्यक्ति वा एउटा इन्कुबेटरी क्यारीअरले रोगका लक्षण देखिदा सम्म त सयौ जना स्वस्थ व्यक्तिलाई रोग सारी सकेको हुन्छ भने कहिले लक्षण देखिन्छर क्वारेन्टाइनमा राख्ने? कहिले प्रयोगशाला जाँचपडताल गर्ने? यस्तै हो भने किन युद्ध प्रचारको लागी क्वारेन्टाइन निर्माण र अनावश्यक खर्च गरीएको होला?

साँच्चीकै क्वारेन्टाइन रोग नियन्त्रण तथा रोकथामको लागी निर्माण गरीएकै हो भने भारत वा तेस्रो मुलुकवाट आएक व्यक्ति र संभावित जोखिम क्षेत्रबाट आएका बाह्य र अन्तर जिल्लाका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमै राखेर अवलोकन गर्नु बुद्धिमानि हुन्छ।

क्वारेन्टाइन जानु अपमान हैन, क्वारेन्टाइन जानु भनेको जिम्मेवार नागरीकले आफु, आफनो परिवार,समाज र राज्यको लागी पालना गर्नु पर्ने कर्तव्य पुरा गरेको हो भन्ने बुझनु पर्छ। कुनै पनि व्यक्ति क्वारेन्टाइन बस्न नमान्ने भन्ने कुरै हुदैन।

क्वारेन्टाइनमा बसेको व्यक्ती आफु सुरक्षित भएको महसुस गर्न लाएक बातावरण विकास हुन जरुरी हुन्छ।भौतिक, आर्थिक, सामजिक, नैतिक, साँस्कृतिक तथा मनोबैज्ञानिक रुपमा पनि व्यबस्थित हुन आवश्यक पर्दछ।

क्वारेन्टाइनमा पनि एक लुप्त संक्रमित व्यक्ती बाट अर्को निरोगी व्यक्तिमा रोगको फैलावटको सम्भावना निक्कै हुने हुँदा छुट्टाछुट्टै कोठा वा बेडको दुरी र व्यक्तिगत दुरी टाढा कायम गरी सुरक्षित संक्रमणको फैलावट कमगर्न र व्यक्तिहरुलाई भय मुक्त वातावरण तयार गर्न जरुरी हुन्छ।

हरेक मानिसलाई रक्षात्मक उर्जा विकास प्र प्रतिरोध क्षामता विकासमा सहानुभुती, हौसला, माया स्नेह र पुनर्वलको नितान्त खाँचो हुने हुँदा सो अनुकुलको वातावरण बनाउन अनिवर्य हुन्छ। तनाव र भय मुक्तलाई मुक्त गर्नको लागी सुबिधा युक्त र मनोरंजन युक्त भौतिक वातावरण अनिबर्य नै हुन पर्छ।

सम्भावित संक्रमित व्यक्तिको लक्षणमात्र कुरेर बस्ने अबस्था नभैइ स्वास्थ्यमा प्रवर्धन गरी प्रतिरोधा क्षमता विकासद्वारा एन्ट्जीनलाई रेप्रेसन गरी स्वास्थ्यमा सुधार र तन्दुरुस्टी विकसमा टेवा पुग्ने लक्षित क्वारेन्टाइनको व्यावस्था हुनुपर्दछ।

कोभिड १९ को संक्रमणका लक्षणलाई मात्र कुरेर क्वारेन्टाइनमा बस्ने जोकोहिलाई आतंकित बनाई उसको स्वास्थ्य स्थिती जिर्ण बनाउने वातावरण भने हुनु हुदैन। किनकी एक उदेश्य राखिन्छ अर्को समस्याले ग्रसित हुन नपरोस। त्यसकारणञक्वारेन्टाइन बधशाला जस्तो नभै एक प्रविधी युक्त औषधालय जस्तो पर्छ।“
भारत लगाएत तेश्रो मुलुक र संक्रमण जोखिम क्षेत्र वा बाह्य तथा अन्तर जिल्लाबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा रखिएको भए र प्रभावकारी प्रयोगशाला परिक्षण -(Rapid test) संक्रमणको पहिलो चरणमै गरीएको भए दोश्रो चरणमा प्रवेश गर्न नै पाउने थिएन।

पहिलो चरणमा नै संक्रमण चुनौती घटाउन अपनाइने थुप्रै गदमहरु ढिला चालिनु र उठाइएका कदमलाई प्रभावकारी रुपम कार्यन्वन गर्न लचिली हुनु नै दोश्रो चरण विकासको अवसर भएको हो। अझै पनि नेपालमा कोरोना भाइरस बिरुद्ध क्वारेन्टाइनको प्रभावकारी प्रयोग र प्रयोगशाला परिक्षणमा व्यापक्ता र गुणस्तरीयता कायम गर्न सकिएन भने संक्रमणको तेश्रो तह ओभरल्यप्स भएर एक्कै पटक चौथो चरणमा प्रबेश गरी महामारीले द्रुत गति लिन सक्छ।

अकल्पनिय मानविय क्षेती बेहोर्नु पर्ने अवस्था मात्र नभएर मानवीय अस्तित्व समेत समाप्त हुने सम्भावना हुन्छ। तसर्थ पुनः संक्रमणको अर्को चरण विकासको न्यूनीकरण तथा रोकथाम गर्न र महामारीको चुनौतिलाई निष्क्रिय पार्न क्वारेन्टाईनको अधिक्तम प्रयोग,स्वस्थ व्यावहार परिवर्तन,दुरुस्ट परीक्षण प्रणाली , अनुशासन र आत्मबल विकास गन अनिवार्य छ। जसले महामारी रोकथाममा निक्कै टेवा पुर्याउछ।

शीर्ष समाचार

धेरै पढिएको