October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
कोरोना संक्रमणबारे भ्रम र यथार्थता

कोरोना संक्रमणबारे भ्रम र यथार्थता

यतिबेला पुरै दुनिया कोरोना भाइरसको सन्त्रासमा बाँचिरहेको छ । कोरोना संक्रमणबारे विशेषगरी सामाजिक संजाल लगाएत केहि अनलाइन मिडियामा विभिन्न खालका अफवाह र भ्रमहरू फैलिरहेका छन् । त्यस्ता भ्रम र अफवाहहरूले कोरोना संक्रमणबाट जोगाउने भन्दा पनि मानबिय जीवनलाई थप कस्टकर बनाउने सम्भावना रहन्छ ।त्यसैले, कोरोना संक्रमणबारे जनचेतनाका लागी सान्दर्भिक ठानेर हामीले जनस्वास्थ्य विज्ञ , डा. रवीन्द्र पाण्डेका यी सुझावहरू प्रकाशित गरेका हौँ। यो आलेख हामीले उहाँको ( डा. रवीन्द्र पाण्डे ) फेसबुक वालबाट साभार गरेका हौँ । – सम्पादक

कोरोना संक्रमणबारे भ्रम र यथार्थता
डा. रवीन्द्र पाण्डे

१. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो | अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन | स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो | कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ ।

२. कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन ।

३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन। बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना संक्रमण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ | बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न कोरोना सर्न सक्छ ।

४. कोरोना सर्दैमा मृत्यु हुँदैन । धेरै जनालाई त कोरोना सरेर आफै निको भएको पनि हुन्छ । १०० जनालाई कोरोना संक्रमण भएमा १-२ जनाको मात्र मृत्यु हुन्छ।

५. कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृत्यु हुने हैन । यो जोखिम समुहले बिशेष ख्याल गर्नुपर्छ । जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ ।

६. मास्कले कोरोना संक्रमण रोक्न सक्दैन । सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ ।

७. चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन ।

८. बोर्डर सिल गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।

९. कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन । त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै ।

१०. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन । यसको लागि प्राभावकारी एन्टी भाइरल औषधिको आवश्यकता हुन्छ ।

११. कोरोना भाइरस ल्याबमा बिकास गरेको हैन ।

१२. बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन ।

१३. शरीरभरी अल्कोहल, क्लोरिन जस्ता केमिकल छार्दैमा कोरोना नसर्ने भन्ने हुँदैन ।

१४. बिश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो ।

१५. लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन ।

शीर्ष समाचार

धेरै पढिएको