सेयर गर्नु होस् |

प्रदर्शन तयारीमा रहेको नेपाली चलचित्र ‘लाज शरणम्’को प्रचार प्रसार सामाजिक सञ्जाल र सञ्चार माध्यममा नगर्न, नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

पूर्वमन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

पूर्वमन्त्री आलमले गत माघ २४ गते दायर गरेको रिटमा चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओएसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रा.लि., जेपीटी क्रियसन प्रालि, जेपीटी क्रियसन प्रा.लि.का सञ्चालक एवम् चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रका लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लाई प्रतिवादी बनाइएको छ ।

अदालतको आदेशसँगै चलचित्रको बुधबार (आज) सार्वजनिक गर्ने भनिएको ट्रेलर रोकिएको छ ।