सेयर गर्नु होस् |

किनमेल र गीत सङ्गीतमा झुम्न मात्रै होइन कर्णाली नदीमा मोटर बोटको अनुभव लिन पनि मानिसहरू त्यहाँ पुग्ने गरेका छन् । सेती कर्णाली र भेरीको सङ्गम स्थल त्रिवेणी धामको पहिचानका लागी कैलालीको मोहन्या गाउँपालिका–७ चिप्लेमा त्रिवेणी महोत्सव सञ्चालन भइरहेको छ । महोत्सव स्थलमा छ मोटर बोट, जुन महोत्सवकै आकर्षण बनेको छ । किनमेल र गीत सङ्गीतमा झुम्न मात्रै होइन कर्णाली नदीमा मोटर बोटको अनुभव लिन पनि मानिसहरू त्यहाँ पुग्ने गरेका छन् ।

“महोत्सव पनि हेरौँ अनि मोटर बोट पनि चढौँ भनेर आएका हौ । ८/१० जना साथीहरू छौ । यसको अनुभव लिऔँ भनेर चढ्दै छौ ।” लाइफ ज्याकेट लगाउँदै गरेकी सुर्खेतको पञ्चपुरी नगरपालिकाकी पुनम मगरले भनिन् । पुनम जस्तै अन्य धेरै जना मोटर बोटकै अनुभव लिन चिप्ले पुगेको बत्ताउँछन् । “टिकट काटेर फेरी बाहिर आउन पाइँदैन । बाहिर आयो भने फेरी भित्र जान पाइँदैन । त्यसैले पहिला मोटर बोट चढौँ अनि महोत्सव भित्र जाउला भनेर बिहानै आएका हौ ।” मोटर बोट चढ्न पालो कुर्दै गरेका चौकुने गाउँपालिका सुर्खेतका अजय माझीले भने ।