June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
निर्धन उत्थानकाे व्याज छुट सँगै काेभिड जनचेतनामुलक अभियान जारि

निर्धन उत्थानकाे व्याज छुट सँगै काेभिड जनचेतनामुलक अभियान जारि

दुर्गा विसि – जेठ ९, सल्यान । निर्धन उत्थान लघुबित्त बित्तीय सस्था लिमिटेड शाखा कार्यालय सल्लिबजार सल्यानले काेभिड-१९ काे राेकथामका लागि सहयोगी भुमिका खेलेकाे छ ।

हालको विषम परिस्थितिमा ग्राहक सदस्यहरुको हितलाई ध्यानमा राखी कोरोना भाइरसबाट सुरक्षित रहन आफ्ना १९ सय ४८ ग्राहक सदस्यहरुलाई एक लाख १७ हजार बराबरको स्वास्थ्य सामग्री साबुन , माक्स , र सेनिटाइजार लगाएतका सामानहरु वितरण गरेको छ ।

स्वास्थ्य सामग्री वितरणसँगै काेभिड जनचेतनालाई पनि जाेड दिएको छ ।याे कार्यक्रम जारि रहेको शाखा प्रमुख निमवहादुर घर्तीले मगरले जानकारी दिए ।

सल्यान,सुर्खेत र जाजरकोट जिल्ला लगाएका क्षेत्र शिबालय गाउपालिका वडा नं १ का अध्यक्ष मान बाहादुर पुनको उपस्थितमा शाखा प्रमुख घर्तीमगरले त्यहा स्थिति सन्चालित ३ वटा केन्द्रहरुमा स्वास्थ्य सामग्री वितरण गर्नुका साथै संस्थाले हालको विषम परिस्थितिमा ग्राहकहरुको हितलाइ ध्यानमा राखी २०७८ अाश्विन मसान्त सम्मको लागि कार्यालयमा ल्याइ किस्ता ब्याज बुझाउने ग्राहक सदस्यहरुलाइ उठेको ब्याजमा ६.५ प्रतिशत ब्याज छुट दिने जनाएको छ ।

ग्राहकले लिने ब्यवसाय पुनस्थापना कर्जामा लिइ आएको १.५ प्रतिशत सेवा शुल्क समेत २०७८ असोज मसान्त सम्म छुट दिने समेत जनाएको छ ।

काेभिडबाट सबै नागरिक सचेत रहन अाफु बचौ र अरुलाइ बचाऔ भने अभियानलाई व्यापक प्रचारप्रसार समेत गरेको छ। साथै प्रहरी विटमा समेत मास्क, सेनिटाइजर, सावुन समेत वितरण गरेको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको