June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
सल्यान अक्सिजन प्लान्ट घोटाला प्रकरण : छानविन समितिमा नागरिक समाजको प्रतिनिधि खै ?

सल्यान अक्सिजन प्लान्ट घोटाला प्रकरण : छानविन समितिमा नागरिक समाजको प्रतिनिधि खै ?

जेठ ०४, सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सिजन प्लान्ट खरिद प्रकरणमा भएको अनियमितता बारे छानबिन गर्न ४ सदस्यीय समिति बनेको छ । तर उक्त ४ सदस्यीय छानविन समितिमा नागरिक समाजको कुनै पनि प्रतिनिधित्व भएको छैन । ४ सदस्यीय समिति बिशुद्ध कर्मचारी संयन्त्र बाट मात्र चयन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको ४ सदस्यीय छानविन समितिमा कोष तथा लेखा नियन्त्रण कार्यालय बाट एक जना प्रतिनिधि, शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र एक जना बायोमेडिकल ईन्जिनियर रहने व्यवस्था गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सिजन प्लान्ट खरिद प्रकरणमा भएको अनियमितता बारे छानबिन गर्न बनेको समितिले कहिले बाट छानविन सुरु गर्ने भन्ने नै टुङ्गो लागेको छैन । अक्सिजन प्लान्ट जडानको लागि टेन्डर गरेर अक्सिजन कन्सन्ट्रेटर मेसिन किनेर उद्घाटन गरेपछी उक्त प्रक्रियामा लाखौं चलखेल भएको आशंका गरिएको छ । त्यसमा पनि नागरिक समाजको प्रतिनिधित्व बिना नै बनेको छानविन समिति प्रति सरोकारवालाहरु विस्वस्त हुन सकेका छैनन ।

उक्त घोटाला काण्डको सुरुदेखि नै चासो दिईरहेका पूर्व जिविस सभापति मनोज प्रधानले नागरिक समाजको प्रतिनिधि विनाको छानविन समितिको कुनै अर्थ नभएको बताएका छन । सामाजिक संजाल मार्फत उनले नागरिक समाज सहितको स्वतन्त्र छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन ।

त्यस्तै जिल्लाका अन्य बिभिन्न सरोकारवाला र बुद्धिजिविले पनि नागरिक समाज सहितको छानविन समिति गठन गर्नूपर्ने बताउदै आएका छन ।

शीर्ष समाचार

धेरै पढिएको