June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
सल्यान अक्सिजन प्लान्ट घोटाला प्रकरण : छानबिन सुरु हुन अझै केहि दिन लाग्ने

सल्यान अक्सिजन प्लान्ट घोटाला प्रकरण : छानबिन सुरु हुन अझै केहि दिन लाग्ने

जेठ ०४, सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सिजन प्लान्ट खरिद प्रकरणमा भएको अनियमितता बारे छानबिन गर्न बनेको समितिले कहिले बाट छानविन सुरु गर्ने भन्ने नै टुङ्गो लागेको छैन ।

अक्सिजन प्लान्ट जडानको लागि टेन्डर गरेर अक्सिजन कन्सन्ट्रेटर मेसिन किनेर उद्घाटन गरेपछी उक्त प्रक्रियामा लाखौं चलखेल भएको आशंका गरिएको छ । छानबिनको लागि जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी परेपछि जेठ २ गते छानविन गरेर सत्य तथ्य सार्वजनिक गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ४ सदस्यीय समिति बनेको छ ।

समितिको सदस्यहरुमा कोलेनिकाका प्रतिनिधि, शानपा का स्वास्थ्य शाखा प्रमुख र एकजना बायोमेडिकल इन्जिनियर रहने बताईएको थियो । तर उक्त समितिका ३ जना सदस्य सल्यानमै भएपनि एकजना बायोमेडिकल ईन्जिनियर उपलब्ध नभएकोले काम सुरु नभएको हो ।

बायोमेडिकल इन्जिनियर ल्याउनको लागि कार्डिनेशन भैरहेको तर उपलब्ध नभएको प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवि हुमागाई खतिवडाले बताईन । एकदुई दिन भित्र बायोमेडिकल ईन्जिनियर ल्याएर छानविन सुरु गरिने उनको भनाई छ । स्वास्थ्य सेवा कार्यालय बाट टेन्डर सम्बन्धी कागजात जिल्ला प्रशासन कार्यालय सल्यानमा ल्याइसकेको उनको भनाई छ ।

 

 

शीर्ष समाचार

धेरै पढिएको