January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार
काेभिड – १९ संक्रमणले सल्यानमा एक प्रधानाध्यापककाे मृत्यु

काेभिड – १९ संक्रमणले सल्यानमा एक प्रधानाध्यापककाे मृत्यु

दुर्गा विसि/ बैशाख ३०, सल्यान । कोरोना भाइरस (काेभिड – १९) संक्रमणले सल्यानमा एक प्रधानाध्यापककाे मृत्यु भएको छ ।

जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका वडा, ७ मा रहेको सिम्तिगैरा प्राथमिक विद्यालयका प्रधानाध्यापक मानवहादुर वस्नेतकाे उपचारकै क्रममा मृत्यु भएको हो ।

दुई दिन नगरपालिकाकाे अस्थाई अाइसुलेसनमा उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियोे । गएराति २ वजेकाे समयमै वस्नेतकाे मृत्यु भएको जनाइएको छ ।

वस्नेत बनगाड कुपिण्डे वडा, ७ मा रहेको वालकल्याण प्राबि सिम्तिगैराका प्रधानाध्यापक हुन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज