May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
सल्यानमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ९९ पुग्यो, ५ जनाको मृत्यु

सल्यानमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ९९ पुग्यो, ५ जनाको मृत्यु

बैशाख २०, सल्यान । सल्यानमा हाल सक्रिय संक्रमितकाे संख्या २ सय ९९ पुगेको छ । संक्रमित मध्ये १४ जना अस्पतालमा उपचाररत छन् भने २ सय ८५ जना हाेम आइसुलेशनमा रहेका छन् । कोरोनाबाट हालसम्म सल्यानमा उपचाररत ५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै सल्यानमा सोमबार ६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार पिसिआर परिक्षणमा २६ जना र एन्टिजेन परीक्षणमा ३७ जना गरी कुल ६२ जनालाइ काेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार ६२ जनाको एन्टीजिन परिक्षण गरेकोमा ३६ जनाको पोजेटिभ आएको हो । शारदा नगरपालिका र सल्यान अस्पतालका १६, छत्रेश्वरी गाउँपालिकाका ४, त्रिवेणी गाउँपालिका ३, बागचौर नगरपालिका ५ बनगाड कुपिण्डे नगरपालिका ६ र कुमाख गाउँपालिकाका २ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

त्यस्तै १२५ जनामा पिसिआर परिक्षण गर्दा २६ जनालाइ पाेजेटिभ देखिकाे स्वास्थ्य कार्यालय सल्यानका काेराेना फाेकल प्रसन रिखाराम पुनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको