May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
सल्यानमा काेराेनाका कारण युवा व्यवसायी श्रेष्ठको मृत्यु

सल्यानमा काेराेनाका कारण युवा व्यवसायी श्रेष्ठको मृत्यु

दुर्गा विसि/बैशाख १९, सल्यान । सल्लीबजारका एक प्रतिष्ठित व्यापारीकाे काेभिडका कारण मृत्यु भएको छ ।

करिव ३५ वर्षिया युवा व्यापारी शैलेन्द्र दास श्रेष्ठ काेभिडसँग लडिरहेका थिए । तर काेभिडले जित्यो उनले हारे । विगत एक हप्ता अघि देखि नेपालगञ्ज भेरी अस्पतालकाे शैयामा अक्सिजनकाे साहारामा छटपटाइ रहेका थिए ।

उनको अाज दिउँसो मृत्यु भएको खवर हो । एक हप्ता अघि उनकाे स्वास्थ्यमा जटिलता थपिए पछि नेपालगञ्ज लगिएको थियोे । युवा व्यवसायी सबैका प्रिय मान्छेकाे मृत्युले सल्लीबजार शाेकमग्न भएको छ ।

साथै काेभिडकाे त्रास झन वढेकाे छ । मृतकको नावलक दुई छाेरी रहेका छन् । उनले बनगाड कुपिण्डे नगरपालिकाकाे सल्लीबजारमा सल्लीबजार स्थापनाकाल देखि न्यु श्रेष्ठ इलोक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको