May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
बनगाडमा अक्सिजन सहितको १५ शैयाको आइसोलेसन कक्ष तयारी

बनगाडमा अक्सिजन सहितको १५ शैयाको आइसोलेसन कक्ष तयारी

दुर्गा विसि / बैशाख १९, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाले १५ शैयाको आइसोलेसन वार्ड तयारी गरेको छ ।५ वटा अक्सिजन भ्यान्टिलेटर सहितको आइसुलेसन कक्ष तयारी गरेको छ ।

काेभिड-१९ नियन्त्रण कार्य लाई थप ब्यबस्थित गर्नका लागि देखि २४ सै घण्टा ५ वटा अक्सिजन मेसिन सहित १५ शैयाको आईशोलेशन कक्ष प्रभाकर माबि देबस्थलमा निर्माण सम्पन्न भएको छ ।

थप सुबिधा सहितको आईशोलेशन कक्ष निर्माण प्रकृयालाई समेत अघि वढाइने नगर प्रमुख गाेविन्द कुमार पुनले जानकारी दिनु भएको छ । सर्जिकल सामाग्रिको अभाब तथा खरिद प्रकृयाको जटिलता र आपुर्ति प्रकृयामा देखिएको प्राबिधिक अबरोध लाई ब्यबस्थापन गर्दै लक्षण सहितका संक्रमितहरू लाई चेकजाँचमा तिब्रता दिने उदेश्यले थप २ हजार एन्टिजिन परिक्षण किट खरिदकाका लागि प्रक्रिया अघि वढाउने पुनकाे भनाइ रहेको छ ।

बनगाड कुपिण्डे नगरपालिकाको उप मेयर मञ्जु यरि, कार्यालय प्रमुख मनाेज रेग्मी लगायतकाे टिम काेभिड संक्रमित भैइ हाेम आइसुलेसनमा रहेकाले र नगरमा संक्रमित अन्य नागरिकहरुकाे स्वास्थ्य लाभकाे कामना गर्दै सबैले सचेतना अपनाउन विशेष आग्रह गरिएको छ ।

चेककाे दायरालाइ अलि फराकिलो वनाउने समेत जनाएको छ ।भारतबाट आएका नागरिकले विशेष साबधानि अपनाउन र १० दिन हाेम क्वारेन्टाइनमा वस्न भनिएको छ । याे महामारीलाई सबै जुटेर मात्रै परास्त गर्न सकिने जनाएको छ । नगरकाे एम्बुलेन्स समेत अक्सिजन फिटिङ्ममा रहेकोले अवकाे एक दुईदिन भित्र सञ्चालनमा अाउने जनाएको छ । नागरिकलाई विशेष साबधानि अपनाउन नगर प्रमुख पुनकाे जाेड रहेको छ ।नगरले तयारी पारेको उक्त आइसुलेसन कक्ष थप गर्ने समेत जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको