May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
कुमाख गाउँपालिकामा अत्यावश्यकिय बाहेक अन्य सेवा ५ दिनको लागि बन्द

कुमाख गाउँपालिकामा अत्यावश्यकिय बाहेक अन्य सेवा ५ दिनको लागि बन्द

बैशाख १७, सल्यान । सल्यानको कुमाख गाउँपालिकाले कार्यालयबाट दिइने सेवा सुविधा बन्द गरेको जनाएको छ । समुदायस्तरमा गरिएको परिक्षणमा केहि व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि कुमाखमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो । गाउँपालिकाले सूचना जारी गरी ५ दिनका लागि सेवाहरू बन्द गरेको जनाएको छ ।


प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले जारी गरेको सूचनामा केहि कार्यालयका कर्मचारी सहित केहि स्थानीयमा कोरोना देखा परेको जनाइएको हो । गाउँपालिकाले अत्यवश्यक काम बाहेक घर बहिर ननिस्कन, मास्कको प्रयोग गर्नुका साथै स्वास्थ्य मापदन्ड पालन गर्न सबैमा अनुरोध गरेको छ ।


कार्यालयमा कार्यरत कर्मचारी तथा स्थानीयवासीमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाका सेवाहरू बन्द गर्नुपरेको हो । गाउँपालिकाले कार्यापालिकाको बैठक बसेर कोभिड १९ भेरिएन्टको रोकथाम, न्यूनिकरण तथा उपचारकोलागि पनि विभिन्न निर्णय गरेको छ ।

निर्णयहरूमा कोभिडका बारेमा टोलटोलमा जनचेतना दिने, विदेश अन्य स्थानबाट प्रवेश गरेका व्यक्तिलाइ होम अइसोलेसनमा बस्न निर्देशन गर्ने, स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्ने, गाउँ तथा टोलमा फैलीएमा सिल नै गर्ने लगायतका रहेका छन ।


त्यस्तै गाउँको बाटो प्रयोग गर्ने व्यक्तिको निगरानी गर्ने, गम्भिर संक्रमितलाइ उपचारको निम्ती पहल गर्ने र सिफारिस समेत गर्ने निर्णय भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको