July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
संसद विघटन विरुद्ध सल्यानमा मशाल जुलुस

संसद विघटन विरुद्ध सल्यानमा मशाल जुलुस

मंसिर ९,सल्यान । नेकपा प्रचण्ड– माधव पक्षका विद्यार्थी संगठनले संसद विघटनको विरोधमा सल्यानमा मसाल जुलुस सहित प्रदर्शन गरेका छन् । बिहिबार साँझ जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा उनीहरुले मसाल जुलुश प्रदर्शन गरेका हुन ।

मसाल जुलुसमा सहभागिहरुले केपी ओली मुर्दावाद, असंवैधानिक कदम खारेज गर, लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद लगायतका नारा लगाएका थिए ।

बिहिबार बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको वैठ्कले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोही आन्दोलनका कार्यक्रम अन्ततरगत पहिलो चरण मसाल जुलुश निकालिएको अनेरास्ववियूका केन्द्रीय सदस्य राजेन्द्र भण्डारीले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको