June 14, 2021, Monday
२०७८ जेष्ठ ३१, सोमबार
कोरोना संक्र’मण देखिएपछि सल्यान खलंगा १ हप्ता शिल, तर सरकारी कार्यालय बन्द नहुने

कोरोना संक्र’मण देखिएपछि सल्यान खलंगा १ हप्ता शिल, तर सरकारी कार्यालय बन्द नहुने

मंसीर ९, सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले खलंगा बजार क्षेत्र एक हप्ताको लागि शिल गरेको छ । मंसीर ५ गते संकलन गरिएको स्वाब अन्तर्गत सर्वसाधारण तथा कर्मचारी गरी १० जनालाई कोरोना सं’क्रमण पुष्टी भए पछि मंगलबार देखि खलङ्गा बजार क्षेत्र शिल गरिएको हो ।

खलंगा डांडागाउँको जोरपिपल देखि मिलन होटेल पूर्वको क्षेत्र, पुरानो बसपार्क देखि लेपाल बैंक लिमिटेड सम्मको बजार क्षेत्रमा जमघट, भेला आवतजावत तथा व्यापार पूर्ण रुपमा निषेध गरिएको भएता पनि अत्यावश्यक सेवा, खाद्यान्न, डेरी, तरकारी पसल, फलफुल पसल भने विहान ९.३० बजे सम्म खुला रहने प्रशासनले जनाएको छ ।

सुचना अनुसार बजार क्षेत्र , व्यापार, व्यवसाय तथा निजी क्षेत्रहरु शिल गरिएपनि सरकारी कार्यालय, सन्चार क्षेत्र, बैंक तथा वित्तीय तथा वित्तीय संस्थाहरु र स्वास्थ्य संस्थाहरु भने खुला नै रहने जनाईएको छ । सरकारी कार्यालयहरूमा शानापा २ को वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको शाखा बन्द हुने भएपनि अन्य सबै सरकारी कार्यालयहरु खुल्ने छन ।

शिल गरिएको क्षेत्रमा निशे’ध गरिएका गतिबिधि गरेको पाइएमा प्रहरी मार्फत नियन्त्र’णमा लिई संक्रामन रो’ग ऐन २०२० बमोजिम जरि,वाना, कै’द वा दुवै स’जाय गरिने प्रसासनले बताएको छ ।

स्थानीयको असन्तुष्टि :

प्रशासनको यो निर्णय प्रति स्थानीय वासिन्दा भने सन्तुष्ट देखिएका छैनन । सरकारी कार्यालय तथा वित्तीय स्ंस्थाहरु सन्चालन गरेर अन्य क्षेत्र शिल गर्नुले कुनै अर्थ नरहने स्थानीयहरुको तर्क रहेको छ । एक स्थानीयका अनुसार “संक्र’मण रोक्ने उपाय बजार शिल मात्रै होइन । बरु आवश्यक सजकता अपनाएर नियमित काम काज गर्ने व्यवस्था गर्नु राम्रो हुन्छ ।”

छत्रेश्वरीले दारिमज्यूला शिल गरेन:

छत्रेश्वरी गाउँपालिकाको वडा नं. ३ दारिमज्यूला गाउँपालिकाले शिल नगर्ने भएको छ । स्थानीय हरु ३ जनामा कोरोना संक्र’मण पुष्टि भएको उक्त क्षेत्र शिल नगर्ने छत्रेश्वरी गाउँपालिकाले बताएको छ । शिल मात्रै कोरोना नियन्त्रणको विकल्प नभएकोले यसको अर्थ नभएको गाउँपालिकाले जनाएको छ । संक्रमितहरु अहिले उपचाररत रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको