June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
कोरोना कहरले सिकायो कृषि कर्म : व्यवसायीक बाख्रा पालनमा जुटे सल्यानका १५ युवा

कोरोना कहरले सिकायो कृषि कर्म : व्यवसायीक बाख्रा पालनमा जुटे सल्यानका १५ युवा

मेघा रेउले

मंसिर ३०, सल्यान । सल्यानका युवाहरुले लकडाउन र कोरोना कहर बिच सामाजिक,व्यक्तिगत दुरी कायम गर्दै व्यवसायिक बाख्रा र्फम संचलानमा ल्याएका छन् । प्रन्ध जना शेयर सदस्यहरुको नगद लगानी र श्रमदान बाट व्यवसायीक बाख्रा फर्म संचालनमा आएको हो ।

शेयर सदस्यहरूले श्रमदान गरेर बाख्रा बस्ने खोर निमार्ण गरी फर्म संचालनमा ल्याएका हुन । उनिहरूले जिल्लाको शारदा नगरपालिका ४ मा ‘गुरास साहिलीकमद पशुपालन तथा कृषक समूह’ नामक फर्म खोलेर बाख्रा पालन व्यवसाय सुरु गरेका हुन । एघार जना पुरुष र चार जना महिला गरि प्रन्ध जनाको सामुहिक लगानीमा विगत २ महिना देखि बाख्रा फर्म व्यवसाय सुरु भएको हो ।

ग्रामीण समुदायमा रहेका विपन्न, गरिब, सिमान्तकृत समुदायहरुको आयआर्जन लाई वृद्धि गर्न, बेरोजगार युवा युवती लाई रोजगारी सिर्जना गर्न र आउने युवा पुस्तामा कृषि कर्म गर्नु पर्छ , भन्ने सन्देस दिन सामुहिक रुपमा बाख्रा पालन व्यवसाय सुरु गरिएको फर्म संचालक सचिव नरबहादु कंवरले बताए ।

उनले भने ‘प्रत्येक व्यक्तिले रु १ लाख ४० हजार रुपैँया नगद रकम र बीस हजार बराबरको श्रम लागनी रहेको छ ।’ बाख्रा फर्म निमार्णमा रु. २१ लाख रुपैँया नगद रकम लागेको सचिव कवरले जानकारी दिए । सुरु सुरुमा आम्दानी नहुने हुदा फर्ममा काम गर्ने मजदुर र बाख्रा लाई खुवाउने दाना, घाँसको लागी प्रत्येक शेयर लगानी कर्ताले रु २ हजार रुपैँया मासिक उठाउदै आएको कंवरले बताए ।

लकडाउन र कोरोना कहर बिचमा बाख्रा फर्म निमार्ण गर्दा सामाजिक, व्यक्तिगत दुरि कायम गर्दै स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खोर निमार्ण पछि संचालनमा ल्याएको कंवरको भनाई छ ।

अहिले फर्ममा ५८ वटा बाख्रा छन, ती मध्ये ८ वटा बोका रहेका छन । फर्ममा जमुना पारी, खरी, र बोयर जातका बाख्रा रहेको समितिका कोषाध्यक्ष रमेश वलीले जानकारी दिए । वलीले भने – ‘लकडाउन र कोरोनाले आफ्नै गाउँ ठाउँमा कृषि कर्म गर्नु पर्छ, भन्ने सन्देश दिए जस्तो हामीलाई लाग्यो र सामुहिक बाख्रा पालन व्यवसाय गर्नुपर्छ भन्ने सबैको धारणाले बाख्रा फर्म व्यवसाय सुरु गरेका हौ ।’

राज्य बाट आर्थिक सहयोग पाए बाख्राको संख्या लाई वद्धि गरि, बाख्रा खोर विस्तार गर्ने, बेरोजगार युवा लाई रोजगारी सिर्जना गर्ने योजना रहेको वलीले बताए । २ सय रोपनी जग्गा भाडा लिएर वार्षिक ५ हजार रुपैँयाका दरले भाडा तिर्ने गरी जग्गा धनी सगँ सम्झौता गरेर घाँस खेति गरिएको वलीले जानकरी दिए । बाख्रा फर्मले ३ जना स्थानीय लाई फर्ममा रोजगारी समेत प्रदान गरेको कोषाध्यक्ष वलीले बताए ।

आफ्नै गाउँ ठाउँमा रोजगारी पाए पछि घर धन्दा सहित आर्थिक आम्दानी गर्न सजिलो भएको बाख्रा फर्ममा काम गर्ने चम्फा कुमारी गिरीले बताइन ।

उहाँ नयाँ नयाँ दृष्टि डिजिटल पत्रिकाको समाचार प्रमुख हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको