May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
सांसद बस्नेत द्धारा स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रमका २८ आयोजनाहरु सार्वजनिक

सांसद बस्नेत द्धारा स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रमका २८ आयोजनाहरु सार्वजनिक

मंसिर १०, सल्यान । सल्यान बाट निर्वाचित संघिय प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री मा. टेकबहादुर बस्नेतले स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत विभिन्न २८ वटा विकास निर्माण आयोजना छनौट तथा सार्वजनिक गर्नु भएको छ ।

बुधबार जिल्ला समन्वय समिति सल्यानको हलमा भएको पत्रकार सम्मेलनका क्रममा सांसद बस्नेतले करिव ४ करोड बजेट बराबरका २८ वटा विकास निर्माणका आयोजनाहरु सार्वजनिक गर्नु भएको हो ।

कार्यक्रम अन्तरगत सडक, खानेपानी, सिचाई, विद्यालय, सडक पुल लगायत पुर्वाधार निर्माणका आयोजनाहरु समावेश गरिएको छ । सडक पुर्वाधार अन्तरगत २ करोड २० लाखका १० वटा आयोजना समेटिएको छ । त्यस्तै शैक्षिक÷ विद्यालय पूर्वाधार अन्तरगत कुल ७६ लाखका ८ वटा योजना छनौट गरिएको छ ।

त्यस्तै सिचाई र खानेपानी पूर्वाधार अन्तरगत ६६ लाख लागतका ६ वटा आयोजन छनौट गरिएको छ भने ,सडक पुल अन्य पूर्वाधार अन्तरगत ३४ लाखका ४ वटा योजना कार्यक्रममा छनौट र समावेश भएका छन ।

पत्रकार सम्मेलनमा बोल्दै सांसद बस्नेतले आयोजना निर्माणको लागी बजेटको ब्यवस्था गरेपनि कार्यन्वयनमा समस्या आउने भएकाले त्यसको निगरानी गर्न पत्रकारहरुलाई अनुरोध गर्नु भयो । उहाँले भन्नुभयो – ‘ विगतमा पनि यहाँहरुले औल्याएका केहि कुरालाईहरुले हामीलाई मदत गरेको छ ,  मलाइ आशा एवं बिस्वास छ , आगामी आ.व.मा पनि यहाँहरुको साथ् हुनेछ ।’

यि हुन,आ.व.२०७७-०७८ मा छनौट भएका योजनाहरुः

१) सडक पूर्वाधार तर्फ :

१.१) कालीमाटी–४, खैरेनी–छापडाँडा–बन्गाड कुपिन्डे नगरपालिका–१२ निगालचुला जोड्ने सडक जोड्ने सडक ट्रयाकओपन गर्न रू.२० लाख ।

१.२) कालीमाटी–२, जुगेना–फारुला–पैँयाकाँडा–कोछठ्ठे–नयाँ वन जोडने सडक ट्रयाक ओपन रू.२० लाख ।

१.३) जिल्ला पर्यटकीय चक्रपथ, सल्यान (DTRRS ) : त्रिवेणीको मख्खनटाकुरी,–गैरीकटेरी–करेलीचौर–कालापोखरा–अखेला जोडने सडक ट्रयाकओपन तथा स्तरबृद्धि रू.२० लाख ।

१.४)कपुरकोट–३, कपुरकोट–झुलनेना–सिमलकुना,– दाङ्गको हलवार जोडने सडक ट्रयाक ओपन रू.३० लाख ।

१.५) छत्रेश्वरी–५, लेखपोखरा–झिम्पे ठुलीखर्क–राँगोहाने जोडने सडक ट्रयाकओपन रू.३० लाख ।

१.६) छत्रेश्वरी–४, झिम्पे खोलागाउँ–झङखानीबाट कपुरकोट–६, सिनवाङ्ग खानीगाउँ जोडने सडक ट्रयाकओपन रू.१० लाख ।

१.७) शारदा नगरपालिका–६, कजेरी सापमाराबाट शारदा नगरपालिका–५, सेजवालटाकुरा हुदै साईलेकम्द हुदै सल्यान खलङ्गा जोडने सडक ट्रयाकओपन रू.२० लाख ।

१.८) सिद्धकुमाख –३, माझखर्क–शारदा नगरपालिका–७, कजेरी कालिका मा.वि.जोडने सडक स्तरबृद्धि गर्न रू.१० लाख ।

१.९) जिल्ला पर्यटकीय चक्रपथ, सल्यान (DTRRS ) : बन्गाड कुपिन्डे नगरपालिका–११,माँझकाँडाको लक्षुहाले–रैकर जोडने सडक ट्रयाकओपन रू.३० लाख ।

१.१०) बागचौर नगरपालिका–९, कोटमौला लिउरेवारी–कोटबाराको गाँराकोट–परीलेख–मौरीघारे–चार जोडने सडक ट्रयाकओपन तथा स्तरबृद्धि रू.३० लाख ।

२) शैक्षिक-विद्यालय पूर्वाधार :

२.१) कपुरकोट–४, धनबाङ्ग सरस्वती आधारभुत विद्यालय चुनवाङ्ग गाँरापानी घेरवार गर्न रू.७ लाख ।

२.२) शारदा नरपालिका–१३, स्यानीखाल अत्तरकाँडा दिपेन्द्र चौतारा आधारभुत मा घेरवार, टिनको छाना फेर्न रू.७ लाख ।

२.३) शारदा नगरपालिका–११,जनचेतना आधारभुत विद्यालय भौतिक संरचना निर्माण रू.८ लाख ।

२.४) बन्गाड कुपिण्डे नगरपालिका–६, घाँजरीपीपल श्री राधा नि.मा.वि. घेरबार गर्न रू.७ लाख ।

२.५) कुमाख गाउँपालिका–३, स्वीकोट कालिका आधारभत विद्यालय घेरबार गर्न रू.७ लाख ।

२.६) कुमाख गाउँपालिका–५, कालागाउँ अरनीको मा.वि.कोटनाउला गेट निर्माण तथा घेरबार निर्माण रू.२० लाख ।

२.७) दार्मा गाउँपालिका–४, भल्चौरको लाँकुरीडाँडा कालिका आधारभुत विद्यालयको खेलमैदान निर्माण रू.९ लाख ।

२.८) बागचौर नगरपालिका–२, थारमारे बनेचौर मा.वि.को खेलमैदान निर्माण रू.१० लाख ।

३) सिंचाई पूर्वाधार :

३.१) सिद्धकुमाख गाउँपालिका–२, सिद्देश्वरी लामपाटा सिंचाई कुलो मर्मत सम्भार गर्न रू.८ लाख ।

३.२) कुमाख गाउँपालिका–२, स्वीकोट मैनचौर–रातामाटा–सिरवारखोला अधुरो सिंचाई आयोजना पुरा गर्न रू.१० लाख ।

३.३) दार्मा गाउँपालिका–३, भल्चौर चैतेखोला–सोताखेत–भातमारे सिंचाई आयोजना रू.१० लाख ।

४) खानेपानी पूर्वाधार :

४.१) त्रिवेणी गाउँपालिका–२, काँरागिठी ढोरपानी खानेपानी आयोजना रू.२० लाख ।

४.२) कपुरकोट गाउँपालिका–३, काले अधुरो लिप्ट खानेपानी आयोजना पुरा गर्न रू.८ लाख ।

४.३) दार्मा गाउँपालिका–५, ढाकाडाम टिकेपातल धारा वितरण खानेपानी आयोजना रू.१० लाख ।

५) सडक तथा अन्य पूर्वाधार :

५.१) शारदा नगरपालिका–१, पटनेरी जिल्ला आँखा अस्पताल भवन र्ममत सम्भार रू. ५ लाख ।

५.२) छत्रेश्वरी गाउँपालिका–७, छायाक्षेत्र जिताठान प्रगतिशिल सामुदायिक २ कोठे भवन निर्माण आयोजना रू.१० लाख ।

५.३) दार्मा गाउँपालिका–३, भल्चौर फारुला बजार दार्माखोला आर.सि.सि.सडक पुल निर्माण आयोजना रु.१० लाख ।

५.४) DPR \ IEA : (DTRRS ) जिल्ला पर्यटकीय चक्रपथ, सल्यान (कपुरकोट देखी त्रिवेणीको अखेलासम्म, कपुरकोट गाउँपालिका रू.९ लाख ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको