कोरोना संक्रमन बाट मृत्यु भएका शिक्षकको परिवारलाइ आर्थिक सहयोग

कोरोना संक्रमन बाट मृत्यु भएका शिक्षकको परिवारलाइ आर्थिक सहयोग

वेसन भण्डारी
सल्यान जेठ ११, सल्यान ।

सल्यानमा कोरोना संक्रमन बाट मृत्यु भएका शिक्षकका परिवारलाई १३ औं दिनको पुन्य तिथिको अबसरमा बिहिबार आर्थिक रकम सहयोग प्रदान गरिएको छ ।

जिल्लाको कालिमाटी गाउपालिका २ हल्देका जैशीटाकुरा श्री खड्क देबि प्रा. बि.का प्र.अ.चन्द्रबहादुर वलिको जेठ ३० गते भेरी अस्पताल नेपालगन्जमा कोभीड १९ उपचारको क्रममा ४५ बर्षको उमेरमा निधन भएको थियो ।

कोभिड १९ बाट निधन भएका वलिको परिवार लाई नेपाल शिक्षक महासंघ कालिमाटी गाउपालिका तर्फबाट सहयोग स्वरुप रु दस हजार रकम प्रदान गरिएको बताइएको छ ।

शिक्षक महासंघ कालिमाटी गाउपालिकाका अध्यक्ष तिलक बहादुर खत्रीले आर्थिक सहयोग स्वरुप रु दस हजार प्रदान गरिएको जानकारी दिए । पेशागत संघ संगठनका अध्यक्ष सहित शारदा जनकल्याण माबी रामपुरका प्र.अ बिन्दुर केसीको पनि सहभागिता रहेको थियो ।
नेपाल शिक्षक महासंघ कालिमाटी गाउपालिका अध्यक्ष लगाएत सम्पुर्ण टिमलाई आर्थिक रकम सहयोग गरेकोमा वलीको परिवारले धन्यवाद समेत व्यक्त गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको