November 26, 2020, Thursday
२०७७ मंसिर ११, बिहीबार
आकाशीय पिण्डहरूले मानव जिवनमा कस्तो प्रभा’व पार्छन ? के भन्छ ज्योतिष बिज्ञान ?

आकाशीय पिण्डहरूले मानव जिवनमा कस्तो प्रभा’व पार्छन ? के भन्छ ज्योतिष बिज्ञान ?

मंसिर ०६, सल्यान । वैदिक सनातन धर्म, संस्कृति, सभ्यता र परम्परामा ग्र’ह, नक्षेत्रहरू  गति र अवस्थाका आधारमा मान्छेको राशि,चिना, कुन्डली बनाउने र सोहि आधारमा व्यक्तिको भुत, भबिष्य को बारेमा जानकारी दिने गरेको प्रसस्तै चर्चा हुने गरेको पाइन्छ ।

ग्रह, नक्षेत्रहरूको गति र अवस्थाको अध्ययनको आधारमा ब्यक्ति देखि ब्रह्माण्ड सम्मको भुत, बर्तमान र भविष्यका बारेमा जानकारी तथा अनुमान गर्ने गरेको पाइन्छ ।

आधुनिक बिज्ञानको बिकासको धेरै समय नभएको सन्दर्भमा खगोलिए पिण्ड सम्बन्धी अध्ययन गर्ने पुरानो शास्त्रको रुपमा पनि वैदिक ज्योतिष शास्त्रलाई लिइन्छ ।

ब्रहमाण्डमा रहेका ग्रह, नक्षेत्र तथा अन्य पिण्डहरूको गति र अवस्थाले मान्छेको जिवनमा कस्तो प्रभाव पर्छ र चिना, कुण्डली , राशि के हुन् र कसरी बनाइन्छ ?

ग्रह, नक्षेत्र तथा अन्य पिण्डहरूको अवस्थाले मान्छेको जिवनमा कस्तो प्रभाब पर्छ ?  प्रस्तुत छ – ज्योतिष शास्त्र सम्बन्धि जानकारीको लागि ज्योतिष डा. सुनिल सिटौला सँग गरेको कुराकानीको सम्पादित अंश ।

चिना कसरी बनाइन्छ ?

हामी जुन बेलामा जन्मियौं, त्यतिबेला आकाशमा ग्रहहरू घुमिरहेका हुन्छन् । कुन ग्रह कहाँ घुमिरहेको हुन्छ, अर्को हामी कहाँ पञ्चांगको पात्रो हुन्छ, त्यसमा पनि ग्रह राखिएको हुन्छ । त्यसमा ग्रहहरू कति डिग्रीमा छन् भनेर लेखिएको हुन्छ ।

हामी मान्छे जन्मिसकेपछि पात्रो पल्टाएर इष्टघडी निकाल्छौं । इष्टघडी भनेको मान्छे जन्मिएको समय र सूर्यबीचको अन्तर हो । इष्टघडीले कति नक्षत्र, कति तिथि भेट्यो भनेर निकाल्छ ।

ग्रह चाहिँ के हो ?

ग्र’हको सम्बन्ध गुरुत्वाकर्षणसँग हुन्छ, त्यसले हाम्रो दिमागलाई पनि तान्छ भन्ने धारणा छ ।

राशि भनेको के हो ?

राशि भनेको चन्द्रमा हो । जस्तो मेष राशि भनेको जन्मदा चन्द्रमा मेष राशिमा थियो भन्ने हो । चन्द्रमालाई जलीय ग्रह भनिन्छ । औंसी र पूर्णिमाका बेला समुद्रमा ज्वारभाटा आउँछ, ह’ ‘त्या र आत्मह’ ‘त्या आंैशी र पूर्णिमाको आसपासमा हुन्छ भनिन्छ । हाम्रो शरीरमा ७५ प्रतिशत पानी हुन्छ । मायाप्रीतिमा पनि हामी चन्द्रमा नै हेर्छौ । चन्द्रमाबाट राशि मिलाइन्छ ।

चन्द्रमा कमजोर हुँदा के हुन्छ ?

चन्द्रमा कमजोर भयो भने मन बढी आत्तिन्छ । चन्द्रमा बलियो भयो भने मानिसहरू विन्दास हुन्छन् ।

नक्षत्रको भूमिकाचाहिँ के हो ?

हाम्रो पूर्वीय ज्योतिष नक्षत्रमा आधारित छ । राशि पश्चिमाहरूको प्रयोग हो । जस्तो मेष राशिभित्र अश्विनी, भरणी तथा कृतिका नक्षत्र हुन्छन् । कुन नक्षत्रमा जन्म भयो त्यो नक्षत्रअनुसार गण, नाडी, योनि आदि मिलाइएको हुन्छ ।”

यो’नि कसरी निर्धारण हुन्छ ?

यो’नि जन्मिदाको नक्षत्र अनुसार निर्धारण हुन्छ । नक्षत्र भनेको कहिल्यै पनि क्षय नहुने कुरा हो । ग्रहहहरू घुम्ने बाटोमा २७ वटा नक्षत्र हुन्छन्, एउटा नक्षत्रको समयावधि १३ डिग्री २० मिनेट हुन्छ, त्यो २४ घण्टाको हुन्छ ।

“ज्योतिषशास्त्रले पुरुष र स्त्रीलाई परस्पर फरक–फरक दिशाबाट जोड्छ । उनीहरूलाई एकआपसमा बाँध्ने काम यौ”नले मात्र गर्छ । ज्योतिषशास्त्रमा उदय लग्न आफ्नो हुन्छ भने अस्त लग्न विपरीत हुन्छ ।

यौ”नले मात्र स्त्री–पुरुषलाई एक सूत्रमा बाँध्ने भएकाले ज्योतिषशास्त्रमा यौ”न जीवनका लागि योनि भन्ने छ । पुरुषको यो’नि के हो, स्त्रीको यो”नि के हो त्यसबाट थाहा हुन्छ । त्यो यो’नि परस्पर श,त्रु राशिमा पर्‍यो भने उनीहरूको सम्बन्ध चाँडै टु’ट्न सक्छ ।

कतिपय लाभ म्यारिज छुट्नुको कारण पनि यस्तै हुन् । ज्योतिषशास्त्रले स्त्री पुरुषको आत्मीक एवं दैविक डिभाइन मिलाउछ । ज्योतिषशास्त्रमा हामी मुहूर्त मिलाउँछौं तर लभ म्यारिज गर्नेहरू भावनाबाट मात्र प्रेरित हुन्छन् ।

(नोट : सिटौला २०५२ सालदेखि ज्योतिष विधामा सक्रिय हुनुन्छ । २०५८ सालमा ग्लोबल एस्ट्रोलोजी रिसर्च सेन्टरको अध्यक्ष भएका डा. सिटौलाले विश्व ज्योतिष विद्यापीठबाट ज्योतिषविद्यामा मास्टर्स गर्नुभएको छ । अल्टरनेटिभ मेडिसिनका ब्याचलर्स सिटौलालाई इन्डियन इन्स्टिच्युट अफ ओरियन्टल हेरिटेजले डाक्टरको उपाधि दिएको थियो ।

राशि र नक्षत्रसम्बन्धी जानकारी दिने जोखना एपसमेत बनाएका डा. सिटौलाले ०६२ सालदेखि रेडियो तथा टेलिभिजनमा ज्योतिष विधाका कार्यक्रमसमेत सञ्चालन गरिरहनु भएको छ। डा. सिटौलाका ज्योतिष विज्ञान र हस्तरेखासम्बन्धी ५ वटा पुस्तक प्रकाशित छन् । )

यो लेखका केहि सन्दर्भ साप्ताहिक डटकम बाट सा भार गरिएको हो ।

 

शीर्ष समाचार

धेरै पढिएको