November 26, 2020, Thursday
२०७७ मंसिर ११, बिहीबार
ज्योतिष शास्त्र अनुसार विवाह गर्दा कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

ज्योतिष शास्त्र अनुसार विवाह गर्दा कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

मंसिर ०६, सल्यान । मंसिर महिनामा बिबाहका धेरै लगनहरू हुने भएकाले पनि यस महिनामा बिबाहका बारेमा सर्वाधिक चर्चा हुने गरेको पाइन्छ ।

वैदिक सनातन हिन्दु परम्परा अनुसार बिबाह गर्दा उपयुक्त साइत, मुहर्त मिलाउने तथा बरबधुको चिना कुण्डली ज्योतिषलाई हेराएर बिबाह गर्ने चलन छ ।

आधुनिकताको नाममा चिना कुण्डली नमिलाएरै तथा उपयुक्त लगन र मुहर्त ननिकालेरै बिबाह गर्ने चलन बढेको छ । धर्म, संस्कृति र शास्त्रहरूमा रहेको ज्ञान् र बिज्ञानलाई बोध गर्नु भन्दा पनि सतही र लहलहैपनाले नयाँ पुस्ता लाई गाँजेको छ ।

स्वतन्त्रताको नाममा हतार हतार बिहे गर्ने र हतार हतार संबन्धबिच्छेद गर्ने संकृती दिनप्रतिदिन बढ्दो छ । तर ज्योतिष बिज्ञान अनुसार शुभकार्य गर्दा सफल हुने विस्वास रहेको छ ।

कतिपयले ज्योतिष शास्त्रलाई रुढीबादी पनि भन्ने गरेका छन तर ज्योतिष विज्ञानलाई संस्कृतमा सूर्यलगायतका ग्रहहरूको जानकारी राख्ने शास्त्र भनिएको छ ।

ज्योतिष डा. सुनिल सिटौला का अनुसार “विज्ञान भनेको प्रविधि मात्र होइन, दर्शन पनि हो । हामीले विज्ञान भन्नेबित्तिकै प्रविधिमा मात्र जोड दियौं, प्रविधि विज्ञानलाई प्रस्तुत गर्ने यन्त्र हो ।

यन्त्र मात्र विज्ञान होइन, मुख्य कुरा त दर्शन हो । हामी दर्शनबाट अभिप्रेरित हुनुपर्‍यो । ज्योतिष विज्ञान दर्शन पनि हो, विज्ञान पनि हो । अहिले मानिसको भाग्य र भविष्य बताउने कुनै विज्ञान छ भने त्यो ज्योतिष विज्ञान मात्र हो ।”

ज्योतिषशास्त्र अनुसार विवाह गर्दा ध्यान दिनुपर्ने कुराहरू:

डा. सुनिल सिटौलाका भन्नुहुन्छ – ज्योतिषशास्त्र अनुसार विवाह गर्न कि जन्मकुण्डलीको द्वितीय स्थान कि सप्तम स्थानको बसेको ग्रहको समय अवधि चल्नुपर्छ । कि त तपाईंको जन्मको चन्द्रमाबाट बृहस्पति ४, ८, १२ बाहेक अरू ठाउँमा बसेको हुनुपर्छ ।

त्यसैगरी पहिले विवाहको समय निकाल्नुपर्छ । मंगल, राहु र शनि ग्रह चलेका बेला विवाह गर्नु हुँदैन, सम्बन्ध बिग्रन सक्छ । शुक्र, बृहस्पति, बुध तथा चन्द्रमा चलेका बेला विवाह गर्नु उपयुक्त मानिन्छ ।

ज्योतिशास्त्रअनुसार सूर्य ग्रह पूर्व दिशाको स्वामी हुन्छ, चन्द्रमा ग्रह वायव्य दिशा (पश्चिम र उत्तरको कुना) को स्वामी हुन्छ । बृहस्पति उत्तर र पूर्वको कुना, मंगल ग्रह दक्षिण दिशा, शुक्र ग्रह दक्षिण र पूर्वको कुना, शनि ग्रह भनेको पश्चिम दिशा, बुध उत्तर दिशा यसरी ग्रहअनुसार पनि दिशा हुन्छ ।

पत्नी स्थानमा कुन ग्रह बस्यो वा पत्नी स्थानको स्वामी कुन ग्रह हो, त्यो ग्रहको दिशामा विवाह गरे एकदमै राम्रो हुन्छ, ठ्याक्कै जुर्छ ।

राशि पनि मिलाउनुपर्छ :

सिटौलाका अनुसार सामान्य रूपमा आफ्नो राशिबाट गन्दै जाँदा ६, ८ र १२ को राशि पर्‍यो भने विवाह टिक्दैन ।

उहाँ भन्नुहुन्छ – “जस्तो— मेषबाट गन्दै जाँदा कन्या ६, वृश्चिक ८ र मीन १२ हुन्छ । यसमा एउटा अर्को नियम पनि छ, केटीको राशि अगाडि आयो र केटाको पछि आयो भने विध्वंस हुन्छ, केटाको राशि अगाडि आएर केटीको पछि आयो भने अलिअलि मिल्छ ।

अर्को नियम राशि परस्पर फरक ६, ८ पर्‍यो तर राशिको स्वामी मित्र भयो भने मिल्छ । देवगण, मनुष्य तथा राक्षस गणको पनि नियम छ, जुन जन्मको नक्षत्रबाट निर्धारित हुन्छ । एउटै गणमा प्रीति हुन्छ ।

नाडी भन्ने अर्को हुन्छ एउटै नाडीमा विवाह भयो भने सन्तानमा बाधा हुन्छ भनिन्छ । धर्मशास्त्रमा एउटै गोत्रमा विवाह गर्नु हुँदैन, सन्तानमा वंशाणुगत खराबी देखिन्छ भनिन्छ, नाडीको नियम ठ्याक्कै त्यही हो ।”

विवाह कसरी हुन्छ भन्ने पनि थाह हुन्छ :

सिटौला भन्नुहुन्छ – “जन्मकुण्डलीअनुसार योग्य ज्योतिषीले विवाह कसरी हुन्छ साथीको सहयोग वा आफ्नै अग्रसरतामा आदि कुरा पत्ता लगाउन सक्छन् । जन्मकुण्डलीअनुसार विवाह ग्रह लग्न छ भने आफ्नै प्रयासमा विवाह हुन्छ । सामान्यतया: चर, स्थिर र द्विस्वभावले पनि विवाहलाई प्रभावित गर्छ । चर राशि भयो भने २ सय किलोमिटरभन्दा टाढा विवाह हुन्छ, स्थिर भयो भने ९० किलोमिटरभित्र हुन्छ । द्विस्वभाव राशि भयो भने ९० देखि २ सय किलोमिटरभित्र हुन्छ । मेष, कर्कट, तुला, मकर चर राशिभित्र पर्छन् । वृष, सिंह तथा कुम्भ स्थिर राशि हुन् भने मिथुन, कन्या र मीन द्विस्वभाव राशिमा पर्छन् ।”

कतिपय लव म्यारिज किन टिक्दैनन ?

“ज्योतिषशास्त्रले पुरुष र स्त्रीलाई परस्पर फरक–फरक दिशाबाट जोड्छ । उनीहरूलाई एकआपसमा बाँध्ने काम यौनले मात्र गर्छ । ज्योतिषशास्त्रमा उदय लग्न आफ्नो हुन्छ भने अस्त लग्न विपरीत हुन्छ ।

यौनले मात्र स्त्री–पुरुषलाई एक सूत्रमा बाँध्ने भएकाले ज्योतिषशास्त्रमा यौ’न जीवनका लागि यो’नि भन्ने छ । पुरुषको योनि के हो, स्त्रीको योनि के हो त्यसबाट थाहा हुन्छ । त्यो योनि परस्पर शत्रु राशिमा पर्‍यो भने उनीहरूको सम्बन्ध चाँडै टुट्न सक्छ ।

सिटौला भन्नुहुन्छ – ज्योतिषशास्त्रमा हामी मुहूर्त मिलाउँछौं तर लभ म्यारिज गर्नेहरू भावनाबाट प्रेरित हुन्छन् । ज्योतिषशास्त्रले मिलाउने भनेको उनीहरूको आत्मीक एवं दैविक डिभाइन हो ।

यो मंसिर (२०७७) मा कति छन बिहेका लगन ?

वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मंसिरमा ४ वटा मात्रै लगन रहेका छन । मंसिरको १६, २१, २२ र २६ गते गरी चार वटा मात्र लगन निस्किएका छन् ।

०७७ मा जम्मा १८ वटा मात्र लगन निस्किएका थिए । वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् ७ वटा लगन निस्किएको थियो । तर, यी लगनमा केहिले बिहे गरेपनी लकडाउनका कारण यो महिना धेरैले बिहे गर्न पाएका थिएनन ।

यो बर्ष वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते बिबाहको लगन थियो । यसैगरी, जेठको ४, ५, १० र ३१ गते गरी चार वटा लगन थिएभने असारमा ११, १३ र १४ गते तीन वटा मात्र लगन थिए।

र यो पनि : कुन राशिका व्यक्तिले कुन राशिको जिवनसाथी बिबाह गर्नु उत्तम हुन्छ ?

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको