November 26, 2020, Thursday
२०७७ मंसिर ११, बिहीबार
यो वर्ष मंसिरमा ४ दिन मात्रै बिबाहका लगन, मंसिर पछी लगन नै छैनन्

यो वर्ष मंसिरमा ४ दिन मात्रै बिबाहका लगन, मंसिर पछी लगन नै छैनन्

मंसिर ०६, सल्यान । बिबाहको लागि प्रसिद्ध रहेको मंसिर महिनामा यस बर्ष जम्मा ४ वटा मात्रै लगन रहेका छन । यस बर्ष (२०७७) मंसिरको १६, २१, २२ र २६ गते गरी चार वटा मात्र लगन निस्किएका छन् ।

नेपाली संस्कार, परम्परा र समाजमा बिशेशगरि मंसिर महिनालाई बिबाहको महिना पनि भनिन्छ । प्राय : बिबाहको लागी धेरै शुभ लगनहरू हुने भएकाले बिबाहको लागि मंसिर महिना प्रसिद्ध रहेको छ ।

तर बिगतका बर्षहरूका मंसिर महिनाका तुलनामा यो बर्ष मंसिरमा बिबाहको लगन कम निस्किएको हो । बिगतमा मंसिर पछि माघ र फागुनमा समेत विवाहको मुहूर्त हुने गरेको भएतापनी पात्रो अनुसार, यो वर्ष मंसिरपछि विवाहको लगन नै छैनन ।

यो बर्ष असोजमा मलमास परेकाले विवाहको लगन पनि कम परेको हो ।

असोजमा मलमास परेको र मंसिरपछि वृहस्पति र शुक्र अस्ताउने भएकाले माघ र फागुनमा विवाहको लगन नभएको ननिस्किएको हो ।

मलमासमा विवाह, व्रतबन्ध, अन्नप्रशान लगायत शुभ काम गर्न नहुने धार्मिक विश्वास छ ।

मलमासकै कारण २०७७ सालको दशैँ र तिहार पनि झण्डै एक महिना पर धकेलिएको थियो।

२०७७ मा जम्मा १८ वटा मात्र लगन निस्किएका थिए । वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् ७ वटा लगन निस्किएको थियो । तर, यी लगनमा केहिले बिहे गरेपनी लकडाउनका कारण यो महिना धेरैले बिहे गर्न पाएका थिएनन ।

यो बर्ष वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते बिबाहको लगन थियो । यसैगरी, जेठको ४, ५, १० र ३१ गते गरी चार वटा लगन थिएभने असारमा ११, १३ र १४ गते तीन वटा मात्र लगन थिए।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको