August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जोन बाइडेन घाइ’ते

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जोन बाइडेन घाइ’ते

मंसिर १५, काठमाण्डौ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जोन बाइडेनको कुकुरसँग खेल्ने क्रममा खुट्टा मर्किएर घाइते भएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।

बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ ।

बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो ।

बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताउनु भएको छ । तर उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताए ।

बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ ।

राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्दै छन् ।

बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँडेपनि वैशाखी वा अन्य कुनै सहायता लिएका छैनन् ।

राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा दुृई वटा कुकुर छन् । उनीहरुले दुबैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसकेका छन् ।

स्रोत :नयाँ पत्रिका।

शीर्ष समाचार

धेरै पढिएको