नेपाली युवाहरूले बनाएको ‘यात्री बाइक’ अप्रिलदेखी बजारमा आउने, यस्ता छन बिशेषताहरू

नेपाली युवाहरूले बनाएको ‘यात्री बाइक’ अप्रिलदेखी बजारमा आउने, यस्ता छन बिशेषताहरू

पौष ०७, काठमाडौं । नेपाली युवाहरुले नेपालमै डिजाइन गरेर तयार गरेको इलेक्ट्रीक मोटरसाइकल ४ महिनापछि विक्री सुरु हुने भएको छ । कम्पनीले यसअघि २०७६ पुस ३ गते काठमाडौंमा एक कार्यक्रम आयोजनागरि यसको ५० यूनिट निर्माण गर्ने घोषणा गरेको थियो । यात्री नामको ब्राण्डमा आउने ‘पी-०’ मोडल २०२१, अप्रिलमा ग्राहकलाई हस्तान्त्रण गर्ने तयारी भएको कम्पनीले जानकारी दिएको छ ।

यात्री मोटरसाइकल प्रोजेक्टका प्रमुख तथा डिजाइनर असिम पाण्डेका अनुसार कोभिडको कारण आफ्नो प्रोजेक्ट पछाडि धकेलिएको भएपनि काम नरोकिएको जानकारी दिए ।

‘हामीले काम अगाडि बढाउदै लगेका छौं । सुरुमा बुकिङ गरेका ग्राहकलाई ५० वटा मोटरसाइकल डेलिभरी दिने तयारी सहित प्रडक्सन मोडल तयार भएको छ । मोडल ‘पी-०’सँगै अन्य नयाँमोडलको घोषण गर्दैछौं’, पाण्डेले भने ।

कम्पनीले सन् २०२० को सुरुवात मै ‘पी-०’ मोडलको प्रोटोटाइप बाहिर ल्याएको थियो । कम्पनीका अनुसार अब ग्राहकले गर्ने बुकिङको आधारमा ‘पी-०’ मोडलको उत्पादन हुने छ । साथै यो भन्दा कम मूल्यमा अन्य मोडल सार्वजनिक गर्ने तयारीमा कम्पनी जुटेको छ ।

यस्तो छ ‘पी-०’

कम्पनीले सार्वजनिक गरेको ‘पी-०’को प्रोटोटाइपमा ३० किलोवाटको मोटर प्रयोग गरिएको छ । यो अहिले बजारमा रहेका अन्य इलेक्ट्रीक मोटरसाइकलको तुलनामा निकै पावरफुल रहने छ । यसमा दिइएको मोटरले ६४ बीएच पावर र ६५० एनएम टर्क प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

‘पी-०’ मोडलको टप स्पीड क्षमता २०० किलोमिटर प्रतिघण्टा रहेको छ भने सून्यदेखि ६० किलोमिटरको स्पीड भेट्टाउन २.५ सेकेन्ड मात्र लगाउने कम्पनीको दाबी छ । यो मोटरसाइकल एक पटकको फुल चार्जमा २३० किलोमिटर चलाउन सकिन्छ ।

यसमा ६ किलोवाट पर आवरको व्याट्री प्याक दिइएको छ भने यसमा ८ वर्षको वारेन्टि दिइएको छ । इभी टेक आइसी इन्जिनसँग प्रतिस्पर्धा गर्ने भएकाले यसमा उत्कृष्टता कसरी पाउने भन्ने विषयमा कम्पनीले काम गरिरहेको जनाएको छ ।

कम्पनीका अनुसार यसमा प्रयोग भएको लिथियम आयोन व्याट्री यही डिजाइन भएको र कोरियन कम्पनीसँगको सहकार्यमा तयार भएको हो । यसको चार्जिङ लाइफसाइकल २००० पटक रहेको छ ।

कम्पनीले ल्याउने नयाँ मोडल अप्रिलमा घोषणा हुने

डिजाइन पाण्डेका अनुसार कम्पनीले नयाँ ल्याउने अन्य मोडलको घोषणा अप्रिलमा नै जानकारी दिए । पाण्डे भन्छन्, ‘कम्पनीले थप २/३ वटा नयाँ मोडल घोषणा गर्छ । तर, त्यसको विषयमा अहिल्यै बाहिर ल्याउन सकिदैन । तपाईहरु अप्रिलसम्म कुर्नुस् हामी नयाँ मोडलको मूल्य र डिजाइन बाहिर ल्याउँछौ।”

मेरोअटोबाट

शीर्ष समाचार

धेरै पढिएको